Logo

२०८३, श्रावण २७गते


images
images

अमेरिकामा कार दुर्घटना : दुई नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा कार दुर्घटना : दुई नेपाली विद्यार्थीको मृत्यु

images
  • अमेरिकामा कार दुर्घटना : दुई नेपाली विद्यार्थीको मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाको लुइजियाना राज्यस्थित लुइजियाना टेक विश्वविद्यालयमा अध्ययरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ । 

    images
    images
    images

    लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।छन् । 

    images
    images
    images

    स्थानीय समय अनुसार शनिवार राति  कार सडकबाट तल खस्दै रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको प्रहरीले जनाएको छ । लुइजियाना टेक विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी मामिला कार्यालयले नेपालस्थित परिवारहरूसँग समन्वय गरी थप आवश्यक प्रक्रिया अघि बढाउने बताएको छ ।

    images
    images
    images

    दुर्घटना युएस–८० राजमार्गको १६६ किलोमिटर क्षेत्रमा भएको हो । गाडीमा चार जना सवार रहेको र तीमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भयो भने दुईजना गम्भीर घाइते भएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कार दुर्घटनामा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।