Logo

२०८३, श्रावण २७गते


images
images

रोट्रयाक्ट सेन्ट्रल बुटवलको छैठौ पदस्थापन सम्पन्न

रोट्रयाक्ट सेन्ट्रल बुटवलको छैठौ पदस्थापन सम्पन्न

images
  • रोट्रयाक्ट सेन्ट्रल बुटवलको छैठौ पदस्थापन सम्पन्न
    images
    images

    बुटवल । रोट¥याक क्लव अफ सेन्ट्रल बुटवलको छैठौ पदस्थापन एव पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रोटरी बर्ष २०२०÷२१ का अध्यक्ष बाल कृष्ण पोख्रेलले बर्ष २०२१÷०२२ का लागी निर्वाचित अध्यक्ष प्रविन पाण्डेलाई पद हस्तान्तरण गरेका हुन ।

    images
    images
    images

    हरेक बर्ष क्लवको नेतृत्व परिर्वतन हुने रोटरी अन्तराष्ट्रियको बिधान अनुसार रोट¥याक क्लव अफ बुटवलको आगामी बर्षको नेतृत्वको लागी सम्पन्न निर्वाचनमा प्रविन पाण्डे अध्यक्षमा निर्वाचित भएका थिए । क्लवको छैठौ पदस्थापनका अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एव रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर नोमिनी राजेन्द्र प्रसाद ध्वजुले रोट¥याक क्लवका पदस्थापीत बोर्डका पदाधीकारीलाई शुभकामना दिए ।received_882619529329716.jpeg

    images
    images
    images

    सो अवसरमा रोटरी क्लव अफ सेन्ट्रल बुटवलका सस्थापक अध्यक्ष तथा गौतम बुद्ध सामुदायीक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले क्लवले रोटरी सेन्ट्रल बुटवलले संचालन गरेको गौतमबुद्ध सामुदायीक मुटु अस्पतालमा बस सेवा संचालन गरेको स्मरण गर्र्दै आगामी दिनमा अफ थप रचनात्मक कार्यहरुमा लाग्न जोड दिए ।

    images
    images
    images

    पदस्थापन कार्यक्रममा रोट¥याक क्लव अफ सेन्ट्रल बुटवलका सस्थापक अध्यक्ष सुमन बस्याल, रोटरी क्लव अफ सेन्ट्रल बुटवलका बाबुराम बोहरा, रोट¥याक डिआरआर इलेक्ट लक्ष्मण खरेल, प्रकास पराजुली लगाययले बोलेका लीए  ।

    पदस्थापन पछि बोल्दै क्लवका बर्ष २०२१÷२२ का अध्यक्ष पाण्डेले क्लवले दिएको जिम्मेवारीहरु रोटरी अन्तराष्ट्रिको विद्यान भित्र रही पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आगामी दिनमा क्लवको उन्नयन र बिकासका लागी आफ्नो कार्यकालमा थप सृजनात्मक एव रचनात्मक कार्यक्रमहरु गर्दै अगाढी बढ्ने बताए । क्लवका बर्ष २०२०÷२१ का सचिव ज्ञान प्रसाद बस्याल र बर्ष २०२१ ÷२२ का सचिव बिनित कसौधनको संचालनमा कार्यक्रम भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।