Logo

२०८३, श्रावण २७गते


images
images

उद्यम यात्रा

सरकारी जागिर छोडेर 'सगरमाथा' बनाएका कृष्ण

सरकारी जागिर छोडेर 'सगरमाथा' बनाएका कृष्ण

images
  • सरकारी जागिर छोडेर 'सगरमाथा' बनाएका कृष्ण
    images
    images

    देवदह । लक्ष्यप्रतिको लगनशिलता र धैर्यताले सफलता प्राप्त गर्न सहज हुनेगर्छ । कुनै एउटा विषय वा क्षेत्रमा असफल भईदैमा लक्ष्य प्राप्तिका सबै बाटो बन्द भएका हुँदैनन् । त्यसो त लक्षित यात्राको क्रममा विभिन्न मोडहरु नआउने होईनन् तर ति मोडलाई थप अगाडि बढ्ने खुड्किलोको रुपमा लिने हो भने सफलता पाउनका लागि सजिलो हुन्छ । यस्तै संघर्षका सयौं सिढी चढेर सफलताको उचाइमा उभिएका व्यक्ति हुन् - देवदहस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेल  ।

    images
    images
    images

    २०२६ साल असोज १६ गते स्याङ्जा जिल्लाको साविकको दरौं गा.वि.स वडा नं ३ मा बुवा एकनारायण पौडेल र आमा बोधावती पौडेलको कोखबाट जन्मिएका कृष्ण हुने विरूवाको चिल्लो पात भनेझैं सानैदेखि लगनशिल थिए  । सात भाई र दुई बहिनी सन्तान मध्ये साईलो सन्तानको रुपमा जन्मिएका कृष्णको बाल्यकाल सामान्य रह्यो । स्थानीय दरौं निमाविबाट सात कक्षा उत्तिर्ण गरेसंगैं करिव ३ घण्टाको पैदल यात्रा तय गर्दै कक्षा १० सम्म अध्ययन गर्न कृष्ण गाउँ भन्दा पर रहेको त्रिसहित मावि पञ्चमुल गए ।

    images
    images
    images

    घरबाट टाढाको विद्यालय जहाँ कृष्ण र उनका साथीलाई विद्यालयमा खानको लागि होइन, विद्यालयबाट  फर्किदा बाटोमा खानको लागि खाजा आवश्यक हुन्थ्यो, किनकि विद्यालय छुट्टी भएपछि घर पुग्न ३ घण्टाको पैदल यात्रा हिड्नु पर्थ्यो । बिहान घरबाट लगेको खाजा विद्यालय जाने बाटोमै ओडारमा लुकाउने र विद्यालयबाट फर्किदा उक्त खाजा खादैं फर्किएका दिनहरू स्मरण गर्दै कहिलेकाही विद्यालयबाट भागेर छिटो घर आउने साथीहरूले आफुले बाटोमा लुकाएर राखेको खाजा खाइदिएपछि भोकभोकै घर फर्किनुपरेका दिनहरू आज पनि कृष्णलाई याद छन ।  

    images
    images
    images

    सामान्य किसान परिवारमा जन्मिएका कृष्ण विद्यालय जानुअघि, विद्यालयबाट फर्किएपछि र बिदाको दिन घरमा आमालाई सघाउँथे । कृष्ण भन्छन् - "बिहान सबेरै उठेर ८ बजेभन्दा अघि घाँसको भारी ल्याएर धेरै पटक स्कुल भेटेको छु ।" कहिलेकाँही पेटभरि खान समेत नभ्याएर साथिहरुसंग भुटेका मकै, भट्ट खाँदै विद्यालय पुगेका थुप्रै अनुभव कृष्णसंग छन् । घरबाट टाढाको विद्यालय जहाँ कृष्ण र उनका साथीलाई विद्यालयमा खानको लागि होइन, विद्यालयबाट  फर्किदा बाटोमा खानको लागि खाजा आवश्यक हुन्थ्यो, किनकि विद्यालय छुट्टी भएपछि घर पुग्न ३ घण्टाको पैदल यात्रा हिड्नु पर्थ्यो । बिहान घरबाट लगेको खाजा विद्यालय जाने बाटोमै ओडारमा लुकाउने र विद्यालयबाट फर्किदा उक्त खाजा खादैं फर्किएका दिनहरू स्मरण गर्दै कहिलेकाही विद्यालयबाट भागेर छिटो घर आउने साथीहरूले आफुले बाटोमा लुकाएर राखेको खाजा खाइदिएपछि भोकभोकै घर फर्किनुपरेका दिनहरू आज पनि कृष्णलाई याद छन ।  

    टाढाको विद्यालय आउन जान कठिन भएपछि कृष्ण कक्षा १० को टेष्ट परिक्षापछि स्कूल नजिकै डेरामा बस्न लागे । विद्यालय पढाईमा उत्कृष्ट मध्येका कृष्णले तत्कालिन समयमा सोहि विद्यालयबाट २०४४ सालमा द्धितिय श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।

    एसएलसीपछि भागेर दिल्ली, भारतीय सेनामा भर्ती हुन रनिङ पुगेन

    आफु एसएलसी उत्तीर्ण भएको चार दिनपछि मात्र थाहा पाएका कृष्ण त्यतिबेला भारतको दिल्लीमा थिए । एसएलसी लगत्तै राती ३ बजे उठेर घरबाट भागेर स्थानीय छिमेकी अंकलसंग काम गर्न भन्दै दिल्ली पुगेका कृष्णलाई पास भएको खबरले गद्गद् बनायो । आफुसंगै एसएलसी दिएका ४८ जना मध्ये ८ जना मात्र पास भएको र त्यसमा आँफु परेको खवर दाई मार्फत पाएपछि उनको खुसीको सीमा रहेन । दिल्लीमा रहँदा स्थानिय बिजुलीको होल्डर बनाउने फ्याक्टरीमा काम गरिरहेका उनी एसएलसी पास भएसंगै घर फर्किए । सानैदेखि कम खर्च गर्ने स्वभावका कृष्णसंग करिव ६ महिनामा घर फर्किदा आफुले कमाएको दुई हजार रुपैंया थियो । जीवनमा पहिलो कमाईको रुपमा आफ्नो पसिनाको फल लिएर फर्किएका कृष्णलाई त्यतिबेला आफु नै सबैभन्दा धनी जस्तो लाग्थ्यो ।

    दिल्लीबाट घर फर्किए लगत्तै कृष्णले गोरखपुरमा भारतिय सेनाको भर्ती खुलेको खवर पाउँछन् । त्यसपछि उनी स्थानिय सुबेदार बुवासंग भारतिय सेनामा भर्ती हुनका लागि गोरखपुर लागे । आफुले पढ्दै गरेको बखतमा चाडपर्वका बेला भारतिय सेनामा काम गरि फर्किनेहरु नयाँ लत्ताकपडा र सुटबुटमा फर्किने र उनीहरुका घरमा जाडोमा ओढ्ने राम्रा कम्मल देखेका कृष्णलाई भारतिय सेनाको जागिरले आकर्षित ग¥यो । त्यसैले कृष्ण सुबेदार बुवासंगै भर्ती हुन गोरखपुर तिर लागे । शारीरिक रुपमा फिट भएपनि उनी रनिङ्गमा फेल भएपछि फेरी घर फर्किए । त्यस लगत्तै कृष्ण अध्ययनलाई निरन्तरता दिने पोखरास्थीत पृथ्वीनारायण क्याम्पसमा आईकम भर्ना भए ।

    कानुन पढ्न बुटवल

    लाहुरे बन्न अयोग्य भएपछि राजनितिमा प्रवेश गर्ने कृष्णको सोँच बन्यो । त्यसो त उनी आफु कक्षा ८ मा पढ्दा नै आफु देशको मन्त्री हुन चाहान्थे । परिवार र समाजको प्रभावका कारण भारतीय सेनामा भर्ती हुन गएको भएपनि उनको मनमा नेता बन्ने सपना मरिसकेको थिएन । भारतीय सेनाको छनौटमा असफल भएका उनमा पुन: राजनीतिको नशा चढ्यो । राजनितिमा जानको लागि कानुनको जानकार हुनुपर्छ भन्ठानेर उनलाई कानुन बिषय पढन मन लाग्यो । त्यसैले कृष्णले पोखराको पढाईलाई स्थगित गरि बुटवल झर्ने सोँच बनाए । दाई सुकदेव पौडेल नेपाल बैंक लिमिटेड मणिग्राम शाखामा कार्यरत रहेको र त्यहाँ गएपछि आफुलाई पढाईमा थप सपोर्ट हुने अनुमान गरेका कृष्णले दाईसंग बुटवल आउने प्रस्ताव गरे । दाईले समेत सोहि कुरामा समर्थन गरेपछि कृष्ण बुटवल झरे । बुटवल झर्दासम्म क्याम्पसमा भर्ना हुने समय बितिसकेकाले कृष्णलाई केहि समय क्याम्पस भर्ना हुन कठिन भयो । तर दाईको चिनजानको हिसाबले बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक आरसी आचार्यको सहयोगमा कृष्ण कानुन विषय पढ्नेगरि आईएल भर्ना भए ।

    विद्यालय पढ्दाका बेलादेखि गाउँमा तमसुक लेखिदिने कृष्णलाई साहुले ऋण दिदा आफुले लेखिदिएको तमसुकमा शुन्य बढाउने गरेको घटना ताजै थियो । कानुन पढेपछि कसैले ठग्न सक्दैन भन्ने बुझेका कृष्णलाई जाली, फटाहा र ठगहरुलाई तह लगाउन पनि राजनितिमा प्रवेश गर्न मन थियो ।

    आठ कक्षा पढ्दैखेरी बुवालाई मन्त्री बन्छु भनेर आफ्नो चाहना प्रकट गरेका कृष्णलाई ३ बर्षे आई एल भर्ना भए संगै मन्त्री बन्ने एउटा खुड्किलोमा प्रवेश गरे जस्तै लाग्थ्यो । विद्यालय पढ्दाका बेलादेखि गाउँमा तमसुक लेखिदिने कृष्णलाई साहुले ऋण दिदा आफुले लेखिदिएको तमसुकमा शुन्य बढाउने गरेको घटना ताजै थियो । कानुन पढेपछि कसैले ठग्न सक्दैन भन्ने बुझेका कृष्णलाई जाली, फटाहा र ठगहरुलाई तह लगाउन पनि राजनितिमा प्रवेश गर्न मन थियो । बुटवलको कलेजमा राजनितिको गफगाफ चल्ने र ब्यवस्था परिवर्तनका लागी विद्यार्थीहरुको आन्दोलनमा होमीदाका बखत आफुमा त्यस्तो अनुभुति हुने गरेको उनी बताउँछन् ।

    २०४५ सालमा बुटवल झरेका कृष्णको बसाई भने देवदहको बंगालीमा रह्यो । केहि बर्ष अगावै तराईमा बुवाले दुई बिगाहा जग्गा किनेर छाडेको र दाईको परिवार समेत त्यहि बस्ने भएकाले कृष्ण बंगालीबाटै अध्ययनको लागि बुटवल आउजाउ गर्न लागे । यातायातको साधन कमै चल्ने हुँदा कृष्ण ४५ मिनेट लगाएर देवादहबाट साईकलमा बुटवल जान्थे । तराई झरेरै साईकल सिकेका कृष्णलाई साईकल चढ्दा निकै गौरव महशुस हुन्थ्यो । आफ्नै कमाईले १५ सय रुपैंयामा नौतनवा पुगेर किनेको साईकल चढ्दा गौरव नहोस पनि कसरी, हिजोका दिनमा ३ घण्टा हिँडेर विद्यालय पुग्ने उनी सम्मो बाटोमा त्यसको चार गुणा कम समयमै कलेज पुग्न पाएका छन् !

    ट्युसन, सट्टा शिक्षक र बोर्डिंङमा शेयर हुँदै स्थायी शिक्षक

    कलेज पढ्दैगर्दा कृष्णले पढाई खर्च जुटाउन बुटवलमा ट्यूसन समेत पढाउन लागे । १० कक्षा उत्तिर्ण गरेर भर्खर कलेज भर्ना भएका कृष्णले एसएलसी दिने विद्यार्थीलाई नै ट्यूसन पढाउथे । जसबाट उनले मासीक १ हजार रुपैंया कमाउँथे । केहि समय ट्यूसन पढाएसंगै कृष्णले बुटवलको सनलाईट बोर्डिग स्कूलमा सट्टा शिक्षकको रुपमा अंग्रेजी विषयको अध्यापन सुरु गरे । करिव ४ महिना त्यहाँ पढाएपछि कृष्णले फेरी सट्टा शिक्षककै रुपमा बुटवलको एभरेष्ट बोर्डिङ्ग  स्कूलमा नेपाली बिषय पढाउन थाले ।

    एभरेष्टमा पढाउदै गर्दा कृष्णको आईएल समेत सकिएको र २०५० सालमा शिक्षा आयोग खुलेपछि उनले आयोगको परिक्षा दिए र त्यसमा उत्तिर्ण समेत भए । रुपन्देहीको मर्चवारस्थीत ज्ञानज्योती प्राविमा नियूक्ति पाएका कृष्ण विद्यालय आउजाउ गर्न लागे । मर्चवारको गाउँमा रहेको विद्यालय, न्यून विद्यार्थी, अपुग कक्षाकोठा, बुटवलबाट भैरहवा हुँदै मर्चवार पुग्ने कृष्णले केहि महिना सोहि विद्यालयमा बिताए । एउटा मात्र कोठा रहेको विद्यालयमा चर्को घाम, चिसो मौषम र पानी परेका बोला छुट्टी हुन्थ्यो । अझै प्रधानाध्यापकलाई मासिक २ सय रुपैंया बुझाउने शिक्षकको त विद्यालय नगएपनि घरमै बसी-बसी तलब मिल्थ्यो ।

     कृष्णको अध्यापन यात्रा चलिरहँदा देशका मुख्य शहरहरुमा ब्यवस्था विरोधी आन्दोलन सुरु भयो । सोही बखत देवदहमा समेत पञ्चायत बिरुद्धको आन्दोलन चर्किएको र २०४६ चैत्र ८ गते साथीकोमा जाने क्रममा उनी केहि परिवर्तन विरोधी युवाहरुको निशानामा परे । शीतलनगर निवासी मोहन रेग्मीको घरमा एउटा किताव छाड्न गएको मौका छोपेर रेग्मी र आफूमाथि आक्रमण भएको उनी बताउँछन् । त्यतिबेला आफुहरुलाई शीतलनगरदेखि पिट्दै खैरेनीसम्म लगेको र आफ्नो अगाडिको दाँत समेत कुटाईबाट भाँचिएको उनले बताए । आफु विद्यार्थी रहेको र अनेरास्ववीयू (माले) मा आवद्ध रहेको थाहा पाएपछि सोही क्रममा आफुलाई एकदिन प्रहरी लगाएर हिरासतमा राखिएको समेत उनले सुनाए ।

    हिरासतबाट बुवाको भनसुन लगत्तै निस्कन सफल भएका कृष्ण ५ महिना नपुग्दै एभरेष्टका शिक्षक आएपछि जागिरबाट समेत निस्कन बाध्य हुन्छन् । एभरेष्ट छाडेसंगै कृष्णले बुटवलकै ज्ञाननिकेतन बोर्डिङ्ग स्कूलमा केहि समय पढाउने अवसर पाए । ज्ञान निकेतनमा सो अवसर पाएपछि कृष्णले बुटवलमै डेरा गरि बसे र अध्ययनलाई समेत निरन्तरता दिए । स्कूलमा पढाउनका लागि दैनिक रुपमा गर्नुपर्ने तैयारी, कलेजको पढाई अनि साँझ बिहानको आफ्नो दैनिकी, त्यो बेलाको ब्यस्तता सम्झिदा उनी संघर्ष नै जीवन हो भन्छन् ।

    करिव ३ बर्ष ज्ञाननिकेतनमा अध्यापन गरिसकेपछि कृष्णमा शिक्षण पेशाको अनुभव पनि बढ्दै गयो । २०४९ सालमा ज्ञाननिकेतन एभरेष्टसंग मर्ज भएपछि कृष्णलाई उक्त विद्यालयको सेयर खरिद गर्ने अवसर मिल्यो । कृष्णले आफ्नो कमाई र केहि ऋण गरि ३२ हजार रुपैंया बराबरको सेयर खरीद गरे ।

    एभरेष्टमा पढाउदै गर्दा कृष्णको आई एल समेत सकिएको र २०५० सालमा शिक्षा आयोग खुलेपछि उनले आयोगको परिक्षा दिए र त्यसमा उत्तिर्ण समेत भए । रुपन्देहीको मर्चवारस्थीत ज्ञानज्योती प्राविमा नियूक्ति पाएका कृष्ण विद्यालय आउजाउ गर्न लागे । मर्चवारको गाउँमा रहेको विद्यालय, न्यून विद्यार्थी, अपुग कक्षाकोठा, बुटवलबाट भैरहवा हुँदै मर्चवार पुग्ने कृष्णले केहि महिना सोहि विद्यालयमा बिताए । एउटा मात्र कोठा रहेको विद्यालयमा चर्को घाम, चिसो मौषम र पानी परेका बोला छुट्टी हुन्थ्यो । अझै प्रधानाध्यापकलाई माषिक २ सय रुपैंया बुझाउने शिक्षकको त विद्यालय नगएपनि घरमै बसी-बसी तलब मिल्थ्यो ।

    रोगलाई जीतेपछि शैक्षिक उद्यमी

    करिव ६ महिना सोही विद्यालयमा अध्यापनपछि कृष्ण गम्भिर बिरामी परे । फोक्सो सम्बन्धि स्वास्थ्य समस्या आएपछि उनी पाल्पा मिसनमा भर्ना भएर १५ दिन उपचार गरे । उपचारबाट निको भएपछि उनले जागिर छोड्ने निधो गरे । आफुलाई नयाँ जीवन पाएको अनुभुति गरेका उनले देवदहमा आफ्नो छुट्टै विद्यालय खोल्ने मनसाय बनाए । सरकारी जागिर छोडेर विद्यालय संचालन गर्न तम्सिएका कृष्णलाई सहज भने थिएन । खाईपाई आएको जागिर छोड्दा धेरैले गाली गरेको र कुनैबेला त आफु डिप्रेसनमा जान्छु कि जस्तो लाग्ने गरेको कृष्ण बताउँछन् । तर चुनौतीहरुसंग सहजै तीत निकाल्नसक्ने उच्च मनोबलका धनी कृष्णले स्थानिय वसन्त थापाको कुखुराको खोर सहितको जग्गा ५ बर्षका लागि भाडामा लिएर विद्यालय संचालन गरे ।

    सगरमाथा स्कूल पहिलो कक्षा .jpg
    सुरुवाती समयको सगरमाथामा पढाउँदै र पढ्दै शिक्षक विद्यार्थी 

    २०५१ पौष ५ गते सगरमाथा ईङ्लिस बोर्डिङ्ग स्कूल नामाकरण गरि एकजना शिक्षक राखेर कृष्णले विद्यालय सुरु गरे । पहिलो दिन ६ जना विद्यार्थीबाट सुरु भएको सगरमाथामा अहिले कक्षा १० सम्ममात्र ११ सय १४ जना विद्यार्थीहरु अध्ययन गर्छन् । आफ्नै सुबिधा सम्पन्न भवन रहेको सगरमाथा स्कूल ३६ वटा सेक्सनमा विभाजन गरि संचालन गरिएको छ । सगरमाथाको आफ्नै कलेज समेत संचालनमा छ । हाल विद्यालय र क्याम्पसमा गरि १२३ जना शिक्षक तथा कर्मचारी उनी मातहत कार्यरत छन् ।

    ब्यक्तिगत स्वामीत्वमा रहेको सगरमाथा कृष्णको पुरै लगानीबाट संचालित विद्यालय हो भने स्वर्णीम सगरमाथा कलेजमा उनी लगायत अन्य १० जनाको लगानी छ । २०६४ सालमा प्रतिब्यक्ति पचास हजार रुपैंया लगानीबाट सुरु गरिएको कलेजको ११ र १२ कक्षामा ३ सय ९० जना र स्नातक तहमा एक सय जना विद्यार्थी अध्ययनरत छन् । ९ कठ्ठा क्षेत्रफलमा फैलिएको सगरमाथा र १० कठ्ठा क्षेत्रफल ओगटेको स्वर्णीम सगरमाथा नै आफुले हालसम्म आर्जन गरेको सम्पत्ति भएको कृष्ण बताउँछन् ।  त्यो संगै देवदहका अन्य निजी विद्यालयमा समेत उनको लगानी छ । 

    sagaramath school.jpg
    सगरमाथाबाट एसएलसी दिएको पहिलो ब्याजका विद्यार्थीसंग प्राचार्य पौडेल र शिक्षकहरू । 

    ०५३ सालमा कल्पना सापकोटासंग विवाह बन्धनमा बाँधिएका कृष्णका ३ छोरीहरु छन् । कल्पनाले विद्यालयको एकाउन्ट सेक्सन हेरीदिदा आफुलाई थप सहज भएको कृष्ण बताउँछन् ।

    सगरमाथाले २०६३ सालको एसएलसी परिक्षामा बोर्ड द्धितिय नतिजा ल्याउन सफल भएको थियो । त्यस्तै कलेज तर्फ बिबिएसमा तीन बर्ष अघि स्वर्णिम सगरपाथाले नेपालमै सर्बोत्कृष्ट अंक सहित बिद्यार्थी उत्तीर्ण गराएको कृष्ण बताउँछन् । उनी विद्यालय र कलेजको प्राचार्य रहेका कृष्णले २०६४ सालमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् । अनुजा मिडिया काठमाण्डौले २०८० मा कृष्णलाई बेष्ट प्रिन्सीपल अवार्डबाट समेत सम्मान गरेको छ । 

    शिक्षालाई राज्यले सम्पत्तीको रुपमा ग्रहण गरोस्

    शैक्षिक उद्यमी कृष्ण शिक्षालाई राज्यले सम्पत्तीको रुपमा ग्रहण गरोस भन्ने चाहान्छन । उनी भन्छन् " राज्यले शिक्षा नै राज्यको सबैभन्दा ठुलो सम्पत्ति हो भन्ने बुझेन ।" आफुले ३५ बर्षभन्दा बढिको शैक्षिक यात्रामा देशमै उत्कृष्ट विद्यार्थी उत्पादन गरेको र त्यस्ता विद्यार्थीहरुले देशमा भविष्य नदेख्नु बिडम्बना भएको उनको भनाइ छ । शिक्षालाई राज्यले सम्पत्तिको रुपमा ग्रहण गर्नुको सट्टा बेलाबेलामा गिजोल्ने गरेको बताउने उनले पछिल्लो समय शिक्षालाई स्थानिय निकायको मातहतमा ल्याएर राज्यले गल्ती गरेको ठान्छन् ।

    सगरमाथा स्कूल .jpg
    हालको सगरमाथा आवासीय माविको प्रांगणमा प्राचार्य पौडेल सहित केही शिक्षक विद्यार्थीहरू  ।

    देवदहमा रहेका विभिन्न संघ संस्थामा आबद्ध भएर सामाजिक उत्तरदायित्व समेत बहन गरिरहेका कृष्ण राजनितिमा आजपनि उत्तिकै चासो राख्छन् । देशको अवस्था जटिल छ, अस्थीर राजनितिका कारण आर्थिक अवस्था जर्जर बनिरहेको छ । उद्योग धन्दा धमाधम बन्द हुँदै गईरहेका छन्, बेरोजगारि बढिरहेको छ । उनको विचारमा यसप्रकारको विकृत राजनितिलाई सुधार्न नयाँपन चाहिने र त्यसको लागि युवाहरुको सक्रियता बढ्नुपर्ने हुन्छ । आफुले पढाएर १२ कक्षा पास गराएका आधिकांश विद्यार्थी नेपालमा नरहेको बताउने कृष्णले विदेशीनुपर्ने अवस्थाप्रति दु:ख ब्यक्त गर्छन ।

    राज्यले १० कक्षा उत्तिर्ण विद्यार्थीलाई पढ्दै कमाउँदै भन्ने निति लिएर उद्यम र रोजगारीसंग जोड्नुपर्ने कृष्णको तर्क छ । निजि विद्यालयको छाता संगठन हिसान र एन प्याब्सन केन्द्रिय समिति र पदाधिकारीमा रहेर नेतृत्व गरिरहेका कृष्ण कमी कमजोरीलाई सच्याउदै जाने र शिक्षालाई राज्यले प्रार्थमिकतामा राख्ने हो भने नेपाललाई शिक्षाको गतिलो गन्तब्य बनाउन सकिने बताउँछन् । निति निर्माण तहमा नपुगिसकेका तर शैक्षिक विकासका लागि हुने छलफल र फोरमहरुमा आफ्ना विचारहरु खुलेर राख्न रुचाउने शैक्षिक उद्यमी कृष्णको राजतिनी गर्ने र निति निर्माताको रुपमा काम गर्ने सपना आजपनि जीवित छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।