देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा अन्तरसदनात्मक छात्र एवम् छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यले शुक्रवार प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
सगरमाथा कलेजको खेल मैदानमा संचालित प्रतियोगिताको उद्घाटन गर्दै विद्यालयका सह-प्राचार्य प्रदिप अधिकारीले खेलकुद स्वस्थ जीवनको एक अभिन्न अङ्ग भएकाले यसलाई विद्यालयको पाठ्यक्रमकै रुपमा स्थापित गर्नुपर्ने बताए । उनले राष्ट्रिय खेल भलिबलले नेपाली मौलिकता बोकेकोले यसको विकासमा सरोकारवालाको ध्यान पुग्नुपर्ने बताए ।
प्रतियोगितामा छात्रतर्फ रेड सदनका सोहन सोमैको समुह प्रथम र एल्लो सदनका कुशल पोखरेलको समुहले दोस्रो स्थान हासिल गरेको छन् । त्यसैगरी छात्रातर्फ एल्लो सदनका प्रेक्षा जि.सि.को समुहले प्रथम र ब्लु सदनका सूचनाको समूहले दोस्रो भएको विद्यालयले जनाएको छ । प्रतियोगितामा शिक्षक उमेश राना र विष्णु कुमारी थापाले रेफ्रीको भुमिका निर्वाह गरेका थिए भने इ.सि.ए. संयोजक दधिराम ज्ञवालीको सञ्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology