Logo

२०८३, श्रावण २७गते


images
images

सगरमाथामा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान, देवदहमै धेरै विद्यार्थी उत्तीर्ण गराएको दावी

सगरमाथामा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान, देवदहमै धेरै विद्यार्थी उत्तीर्ण गराएको दावी

images
  • सगरमाथामा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान, देवदहमै धेरै विद्यार्थी उत्तीर्ण गराएको दावी
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयले कक्षा १२ को परिक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । बिहिवार एक कार्यक्रम बीच विद्यालयबाट कक्षा १२ मा ग्रेडेड भएका १४४ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

    images
    images
    images

    विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले सगरमाथाले देवदहमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएको बताए । उनले  सगरमाथाबाट ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ८ जना रहेको उल्लेख गर्दै विद्यालयले उत्कृष्ट नतिजा ल्याएको बताए । अन्य विद्यालयबाट १४४ जना विद्यार्थी उत्तीर्ण नभएको उल्लेख गर्दै उनले संख्यात्मक हिसाबले सगरमाथा नगरमै उत्कृष्ट भएको दावी गरे ।

    images
    images
    images

    विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै स्वर्णिम सगरमाथा क्याम्पसका अध्यक्ष हिराबहादुर खत्रीले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई देवदहकै क्याम्पसमा अध्ययन गर्न आग्रह गरे । देवदह नगरपालिकाका पुर्व नगरप्रमुख समेत रहेका खत्रीले देवदह शिक्षाको सम्भावना बोकेको नगर भएको उल्लेख गरे ।

    images
    images
    images

    कार्यक्रममा शतप्रतिशत नतिजा दिने शिक्षकहरु विमल तिवारी, दिपेशविक्रम मल्ल, प्रदिप अधिकारी, सर्मिला केसीलाई समेत सम्मान गरिएको छ । उनीहरुलाई जनही पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको जनाइएको छ ।

    सगरमाथाबाट कक्षा १२ को परिक्षामा सहभागी १७७ जना विद्यार्थीमध्ये १४४ जना उत्तीर्ण भएका थिए । विद्यालयबाट ३.६ देखि ४ जिपिए ल्याउने ८ जना, ३.२ देखि ३.६ ल्याउने ४६ जना, २.८ देखि ३.२ ल्याउने ५१ जना, २.४ देखि २.८ ल्याउने ३९ जना विद्यार्थी रहेका छन् । सगरमाथाका विवेक भण्डारीले ३.७५, निषेध अदैले ३.७३ र पुर्णिमा पाण्डेले ३.७१ जिपिए  प्राप्त गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।