Logo

२०८३, श्रावण २७गते


images
images

उद्यम यात्रा

गड्यौला पालेर माटो सुधार्ने अभियानमा हरि

गड्यौला पालेर माटो सुधार्ने अभियानमा हरि

images
  • गड्यौला पालेर माटो सुधार्ने अभियानमा हरि
    images
    images

    पश्चिम नवलपरासीको सुनवल–१३, मिनि बडेराका हरि भण्डारीलाई केहिबर्ष पहिला राजनीतिक परिवर्तनबाट समग्र नेपालीको जीवनशैली र अवस्था परिवर्तन हुन्छ भन्ने लाग्थ्यो । त्यसैले उनी राजनीतिक रुपमा पार्टीहरुले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा खुसी मनले उपस्थित हुने गर्थे । तर आजको राजनीतिक गतिविधिले उनलाइ दुःखी बनाएको छ । हिजो राजनीतिक कार्यक्रमका लागि कार्यकता जम्मा गर्ने हरि, आज गड्यौला जम्मा गरिरहेका छन्   । हिजो देशको शासन व्यवस्था सुधार्न कस्सिएका उनी आज माटो सुधार्ने अभियानमा छन् । आफ्नै कृषि कर्ममा व्यस्त छन् । 

    images
    images
    images

    वि.सं २०३८ साल असार ५ गते बुवा विष्णुप्रसाद भण्डारी र आमा होमकुमारी भण्डारीको कोखबाट साँइलो सन्तानको रुपमा जन्मिएका हरिले जीवनमा भोगेका हण्डर ठक्करहरुको लामो सूची छ । उनले रोजगारीकै लागि एक÷एक पटक भारत, कतार र मलेसियाको यात्रा गरिससकेका छन् । पैसा कमाउनकै लागि करिव ३ वर्ष विदेशिएका हरिको विदेश यात्रा पनि सुखद थिएनन् ।

    images
    images
    images

    उनी २०६१ सालमा रोजगारीका लागि कतार पुगेर काम गरिरहेको कम्पनी बन्द भएपछि एक बर्षमै फर्किनुप¥यो ।  हरि भन्छन्, ‘कतारबाट एकबर्षमै नेपाल फर्के, नेपाल आएपछि बिहे गरेको २५ दिनमै पुन: बैदेशिक रोजगारीको लागि मलेसिया तर्फ लागें । नेपाली महिलाहरुको मुख्य चाड तीजको दिन श्रीमतीलाई घरमा छाडेर रोजगारीको लागि बिदेसिनुको पिडा कस्तो हुन्छ होला ?' आफु बिहे गर्दा लगाएको एकसरो लुगामा मलेसिया पुगेको उनले सुनाए । मलेसियामा समेत कम्पनीले नेपालबाट जानेबेला कबोल गरेको तलब नदिएपछि आफु आन्दोलन गरेर त्यहाँबाट समेत फर्किएको हरि बताउँछन् ।

    images
    images
    images

    हरिको परिवार मेहनती र सामान्य छ । हजुरबुवा अनि हजुरआमाले आफु सानो हुँदा गरेको कृषि कर्मप्रति उनलाई गर्व छ । त्यसैले पनि उनी कृषि कर्मबाटै केहि गर्न सकिन्छ कि भनेर कस्सीएका छन् । नेचुरल एग्रो फर्म र प्रकृति बायो फर्टिलाईजर नामक फर्ममार्फत उनले अहिले गड्यौलाको खेती गरिरहेका छन् । जसमा उनकी श्रीमती कल्पनाले सघाउने गर्छिन् । हरि भन्छन्, 'गफको खेती गर्ने जमानामा गड्यौलाको खेती गाहृो अनि चुनौतीपूर्ण हुनेरहेछ ।' १० बर्षअघि भारतको राजस्थान जयनगरबाट ५० केजी गड्यौला ल्याएर सुरु गरेको उनको फर्मबाट अहिले बार्षिक ३० टन गड्यौलाको मल उत्पादन हुनेगर्छ । आफु, श्रीमती र अन्य ३ जना कर्मचारीहरु मार्फत अहिले उनले गड्यौला फर्म चलाईरहेका छन् ।

     २०६४ मा मलेसीयाबाट फर्किएपछि हरि र उनका अन्य ११ जना साथीहरु मिलेर नवलपरासीको भुमहीमा कृषि फर्म सञ्चालन गरे । ५ बिगाहा जग्गा खरीद तथा अन्य १० बिगाहा जग्गा भाडामा लिएर १२ जना कर्मचारी मार्फत सञ्चालन गरेको फर्ममा एक सय बंगुर, एक सय बाख्रा, ५ हजार कुखुरा र एक हजार हाँस रहेका थिए । तर बिडम्बना फर्ममा हुर्कदै गरेका कुखुरामा बर्ड फ्लु तथा बंगुरमा स्वाईन फ्लु भएपछि नष्ट गर्नुपर्ने अवस्था आयो ।

    २०६४ मा मलेसीयाबाट फर्किएपछि हरि र उनका अन्य ११ जना साथीहरु मिलेर नवलपरासीको भुमहीमा कृषि फर्म सञ्चालन गरे । ५ बिगाहा जग्गा खरीद तथा अन्य १० बिगाहा जग्गा भाडामा लिएर १२ जना कर्मचारी मार्फत सञ्चालन गरेको फर्ममा एक सय बंगुर, एक सय बाख्रा, ५ हजार कुखुरा र एक हजार हाँस रहेका थिए । तर बिडम्बना फर्ममा हुर्कदै गरेका कुखुरामा बर्ड फ्लु तथा बंगुरमा स्वाईन फ्लु भएपछि नष्ट गर्नुपर्ने अवस्था आयो । उनले भने ‘त्यतिबेला ठुलै योजनासहित काम सुरुवात गरिएको थियो, तर पहिलो गासमै ढुङ्गा लागेपछि हाम्रो टिम तितरबितर भयो ।’ टिम फुट्ने भएपछि सुरुमा खरिद गरेको जग्गा बिक्रि गरेर केहि रकम बाँडफाँड गरेपनि तत्कालिन अवस्थामा आँफुहरुलाई घाटा लागेको उनले बताए । 

    'जे पोखियो, त्यहि टिप्नुपर्छ अनि जहाँ पोखियो, त्यहिँबाट उठाउनुपर्छ' भन्ने मान्यता राख्ने हरिले कृषिबाटै आर्थिक प्रगति हुने सपना देख्न अहिलेसम्म छाडेका छैनन् । सुरुमा युट्युवमा गड्यौला खेती र त्यसबाट उत्पादन गर्न सकिने मलबारे थाहा पाएका हरि गोरखपुरका एकजना साथीको साथ लिएर गड्यौला किन्न राजस्थान पुगेका हुन् । 'गड्यौला लिएर आउँदा भन्सारले समेत दुःख दियो ।' उनी भन्छन्, ‘नेपालमा गड्यौला खेती गर्ने प्रचलन थिएन, दुइवटा बोरामा ल्याएको सामान देखेर सुरुमा त यो के हो ? भनेर भन्सारका कर्मचारीले सोधे । मैले गड्यौला हो भनेँ । त्यसपछि त्यहाँ भएका सबै हाँसे । पछि उनीहरुले भन्सार गर्नुपर्छ भनेर गड्यौला बारे बुझ्दा त्यो जीव भन्सार गरिनुपर्ने सामानमा उल्लेख नभएपछि केहि समय रोकेर छाडे ।'

     करिव २५ लाख रुपैंया लगानीमा सुरु गरेको हरिको गड्यौला फर्मको वार्षिक एक सय टनसम्म मल उत्पादन गर्ने क्षमता छ । माग अनुसार एक पटकमा एक टनसम्म गड्यौला आफुले उपलब्ध गराउन सक्ने हरि बताउँछन् । सुरुका दिनमा 'हरिका गड्यौला कत्रा भए ?' भनेर खिसिट्युरीसमेत गरिन्थ्यो । तर आज समय फेरिएको छ । टाढा-टाढाबाट समेत फर्म हेर्न आउने र गड्यौला तथा मल किनेर लैजानेको संख्या बढ्दो छ ।

    करिव २५ लाख रुपैंया लगानीमा सुरु गरेको हरिको गड्यौला फर्मको वार्षिक एक सय टनसम्म मल उत्पादन गर्ने क्षमता छ । माग अनुसार एक पटकमा एक टनसम्म गड्यौला आफुले उपलब्ध गराउन सक्ने हरि बताउँछन् । सुरुका दिनमा 'हरिका गड्यौला कत्रा भए ?' भनेर खिसिट्युरीसमेत गरिन्थ्यो । तर आज समय फेरिएको छ । टाढा-टाढाबाट समेत फर्म हेर्न आउने र गड्यौला तथा मल किनेर लैजानेको संख्या बढ्दो छ ।

    विद्यार्थीकालमा भुमिगत रहेको पार्टीको राजनीति गर्छु भन्ने सोँच बनाएका हरि, अनि हरिका बुवा नेपाल प्रहरीको जागिरे । देशमा चर्किएको सशस्त्र द्धन्द्ध उत्कर्षमा पुग्दैगरेको अवस्था । विद्यार्थीकालबाटै राजनीतिबारे चासो राख्ने हरि र उनका बुवाको विचारमा फरकपन देखिनु नौलो कुरा थिएन । त्यसमाथि २०५४ सालमा बुवाले जागिर छोडेर बैदेशिक यात्राको लागि कतारको जहाज चढेपछि त हरिको विद्यार्थी राजनीति झन् मौलाउने उनलाई विश्वास थियो ।  

    स्थानीय जगन्नाथ मावि भुमहीमा कक्षा ८ मा पढ्दैगर्दा झाँगिएको उनको विद्यार्थी राजनीति कक्षा १० मा पुग्दा नपुग्दै  ब्रेक लाग्न पुग्यो । द्धन्द्धरत पक्षको विद्यार्थी राजनीति भएकै कारण सरकारले देशैभरबाट विद्यार्थीहरुलाई धरपकड र नियन्त्रणमा लिने काम गर्न थालेपछि हरि पक्राउबाट जोगिनका लागि भारत लागेका थिए । उनी भन्छन्, ‘पढ्दापढ्दै विचमा छाडेर भारत जानुप¥यो, त्यसैका कारण पढाईपनि अघि बढ्न सकेन । पढाइकै कारण कहिलेकाँही समस्या पार्ने गरेको छ ।’

    हरिलाई २१ औं शताब्दीको वर्तमान युग औद्योगिक युग हो भन्ने राम्रो हेक्का छ । तर यो औद्योगिक युगमा उनी गड्यौला पालिरहेका छन् । गड्यौला खेतीबाट उनी देशको माटोलाई सुधार्न सकिन्छ भन्ने अभियानमा छन् । तर सम्बन्धित निकाय र सरोकारवालाहरुले उनले गरेको कामलाई खासै चासो र वास्ता नगर्दा भने कहिलेकाँहि उनलाई दुःख लाग्ने गर्छ । हरि भन्छन्, ‘हामी विद्यार्थीकालमा पढ्दा देखी नै सरकारले कृषिलाई आम्दानीको प्रमुख श्रोतको रुपमा उल्लेख ग¥यो । कितावहरुमा समेत हामीले त्यहि पढ्यौं, तर त्यसको भविष्यबारे राज्यले कहिल्यै सोँचेन । यदि राज्यले कृषिको दिगो सोँच बनाउने हो भने माटो सुधार तर्फ लाग्नुपर्छ । त्यसको लागि कम्पोष्ट मलको प्रयोग नै अन्तिम विकल्प हो । त्यसैले मैले भर्मी कम्पोष्ट अर्थात गड्यौलाको मल उत्पादनमा मेरो सम्पूर्ण ईनर्जी खर्च गरेको छु ।’

     गड्यौलाको मल उत्पादनको लागि गड्यौलालाई खानेकुरा दिनुपर्छ । जसमा गाईभैसीको गोबर, घाँस पात, घरमा खेरजाने कुहिने वस्तुहरु आदि पर्छन् । हरिका अनुसार गाई भैसीको शुद्ध गोवर गड्यौलालाई दियो भने त्यसबाट ४० देखि ५० प्रतिशतसम्म मल निस्कन्छ । तर अन्य घाँस पात र सड्ने वस्तुबाट भने २० देखि ३५ प्रतिशतसम्म मात्र मल बन्ने गर्छ । थोरै परिमाणमा घरमा यत्तिकै खेर जाने वस्तुलाई जम्मा गरेर जो कोहिले पनि गड्यौला पाल्न सक्छन् ।  जसले घरमा भएका करेसाबारी र कौसी खेतीको लागि आवश्यक मल परिपुर्ति गर्न सक्छ । कुनै गन्ध नआउने र हातमा नटाँसिने यो मल सहरदेखि गाउँसम्मको लागि अत्यन्त उपयोगि भएको हरि बताउँछन् ।

    गड्यौलाको मल उत्पादनको लागि गड्यौलालाई खानेकुरा दिनुपर्छ । जसमा गाईभैसीको गोबर, घाँस पात, घरमा खेरजाने कुहिने वस्तुहरु आदि पर्छन् । हरिका अनुसार गाई भैसीको शुद्ध गोवर गड्यौलालाई दियो भने त्यसबाट ४० देखि ५० प्रतिशतसम्म मल निस्कन्छ । तर अन्य घाँस पात र सड्ने वस्तुबाट भने २० देखि ३५ प्रतिशतसम्म मात्र मल बन्ने गर्छ । थोरै परिमाणमा घरमा यत्तिकै खेर जाने वस्तुलाई जम्मा गरेर जो कोहिले पनि गड्यौला पाल्न सक्छन् ।  जसले घरमा भएका करेसाबारी र कौसी खेतीको लागि आवश्यक मल परिपुर्ति गर्न सक्छ । कुनै गन्ध नआउने र हातमा नटाँसिने यो मल सहरदेखि गाउँसम्मको लागि अत्यन्त उपयोगि भएको हरि बताउँछन् ।

    नवलपरासी सुस्ता पश्चिम, सुस्ता पुर्व, रुपन्देही, पाल्पा, कपिलबस्तु, दाङ्ग, गुल्मी लगायत जिल्लामा हुने गड्यौला खेती सम्बन्धि तालिम तथा विचार गोष्ठिहरुमा बक्ताको रुपमा प्राय: उपस्थित हुने हरिले अहिलेसम्म पनि जिल्ला तथा अन्य सरोकारवाला निकायबाट प्राप्त हुने सहयोग र अनुदान नलिएको दावी गर्छन् । उनी भन्छन्, 'कृषि फर्म सुरु गर्दैदेखिको ऋण अझै बाँकी छ, तिर्न कहिले सकिएला थाहा छैन, तर पनि हिम्मत हारेको छैन । एक दिन त कसो सफल नहोइएला र ?' 

    gadyala farm-min.jpeg

    हरिकहाँ आउने हरेक आफन्त र साथीभाईलाई उनले गड्यौलाको मल दिएर पठाउने गर्छन् ता कि त्यो मल उनीहरुले प्रयोग गरुन् अनि यसको फाईदाको बारेमा सबैलाई थाहा होस् । भारतबाट आफुले भारु ८ सय रुपैंयामा खरिद गरेर ल्याएको गड्यौला अहिले उनले प्रतिकेजी एक हजार नेपाली रुपैंयामा बिक्रि गरिरहेको बताउँछन् ।

    हरिले उत्पादन गरेको गड्यौलाको मलबारे हिजोआज बजारमा पनि चर्चा हुन थालेको छ । यो मल एकपटक लगेकाहरुले दोहो¥याएर माग्ने गरेका छन् । सामान्य बोरामा प्याकिङ्ग गरेर ग्राहककोमा मल पु¥याउने गरेका हरिले अहिलेसम्म त्यसको ब्राण्डीङ्ग भने गरेका छैनन् । ब्राण्डीङ्ग किन नगरेको भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले उत्पादनमै केन्द्रित भएका छौं, अझ सिक्ने क्रम जारी छ । यसको उपयोगिताबारे किसानलाई बुझाउन पनि प¥यो नि ?’

    युवाहरु विदेशिने दर बढिरहेका बेला नेपालमै बसेर पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण बनिरहेका हरिको गड्यौला खेती तर्फको लगव लोभ लाग्दो छ । आफ्नो श्रम र पसिना कृषि मार्फत समृद्धिको सपना देख्ने राज्यको आँखामा पर्न नसकेकोमा भने हरिको दुखेसो छ । गड्यौला खेतीबारे जसले जहाँबाट बोलाए पनि अहिलेसम्म सबै ठाउँमा पुगेर यसबारे बताउने गरेका हरि अझैपनि कसैले बोलाएमा त्यहाँ पुग्ने बताउँछन् । संघसंस्थाको आयोजनामा केहि कार्यक्रमहरु हुने गरेपनि राज्यकै संयन्त्रहरुले यसलाई नियमित कार्यक्रमका रुपमा राख्नुपर्ने हरिको सुझाब छ । हरेक स्थानीय निकायले आ– आफ्नो क्षेत्रमा यसको उपयोगिता र महत्वबारे बुझाउने हो भने कृषिमा रासायनिक मल बिस्थापित भई कम्पोष्ट मलको प्रयोग बढ्ने उनको तर्क छ । जसको लागि स्थानीय निकाय र त्यहाँका जनप्रतिनीधिहरु राजनीतिक पुर्वाग्रहबाट मुक्त हुनुपर्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।