परम्परागत रुपले गर्दै आएको व्यवसायलाई आधुनिकतासंग जोड्न सके त्यसबाट आउने प्रतिफल गुणात्मक हुनसक्छ । पछिल्लो समयमा विकसित आर्थिक मन्दी र त्यसको प्रभावले कैंयौ व्यवसाय बन्द छन्, त कतिपय बन्द हुने अवस्थामा छन् । युवा पुस्ता देशमै केही गर्ने भन्दापनि विदेशको सपना देख्न मस्त छ । उसले विदेशमा रम्ने दिउँसो देखेको सपना साकार हुन्छ नै भन्ने छैन । तर केही युवाहरुले देशमै उद्यम गर्ने सपना देख्छन् र त्यो सपना साकार पार्न निरन्तर जुटिरहन्छन् । यस्तै आफुले देखेको समृद्धिको सपना पुरा गर्न लागिपरेका युवा हुन् - मोहन ठाकुर ।
बि.सं २०४२ साल माघ २८ गते रुपन्देहीको देवदह–७, सितलनगरमा बुवा रामबिनोद र आमा सयल कुमारी ठाकुरको कोखबाट मोहनको जन्म भयो । रामबिनोद र सयलकुमारीका ३ छोरी र २ छोरा मध्ये मोहन जेठा हुन् । सामान्य कृषि पेशा अंगालेका भएपनि त्यसबाटै हातमुख जोर्न नपुग्ने मोहनको परिवारको मुख्य आम्दानीको माध्यम उनको बुवाले गर्ने हजाम पेशा थियो । उक्त पेशा पनि बालिघरे भएकाले अन्नपातसंगै जोडिने गर्थ्यो । उनका बुवाले बर्षभरी गाउँलेको घर–घरमा पुगेर कपाल काटिदिन्थे । त्यसबापत आएको अन्नपात र धेरथोर रकमले परिवारको गुजारा चल्थ्यो ।
छोरो हाकिम बनोस् भन्ने बुवाको चाहना
सानै उमेरबाट मोहनपनि बुवासंगै कपाल काट्ने ठाउँमा जान्थे । पुस्तौदेखि हजाम कामलाई पुख्र्यौली पेशाका रुपमा ठाकुर समुदायले अंगाल्दै आएकाले पनि हुन सक्छ, सायद मोहनलाई कसैले नभन्दा पनि त्यो सिपले आकर्षित गर्यो । मोहनका बुवा छोराले आफ्नो पेशा होईन, धेरै पढेर सरकारी जागिरे (हाकिमं) बनोस् भन्ने चाहन्थे । त्यसैले आफुले खाई-नखाई उनले मोहनलाई बोर्डिङ् स्कूल पढाएका थिए । स्कूल पढ्दै गरेका मोहन ८ कक्षामा पुग्दा बुवाले देवदहको सितलनगरमै टंकी (काठले बनेको कोठा) बनाएर पसल सुरु गरेपछि बुवालाई सघाउँथे । बुवासंग हिँड्दा हिँड्दै कपाल काट्न सिकेका उनले १४ बर्षको उमेर पुग्दा बुवा नभएका बेला पसल नै सम्हाल्ने आँट देखाउँथे । कपाल काट्ने कामप्रति मोहनको चासो र लगाव देख्दा उनका बुवा बेला बेला झस्किने गर्थे । हाकिम बनाउने सपना देखेको छोरो कतै हजाम पो बन्ने हो कि ?
स्कूल पढ्दै गरेका मोहन ८ कक्षामा पुग्दा बुवाले सितलनगरमै टंकी (काठले बनेको कोठा) बनाएर पसल सुरु गरेपछि बुवालाई सघाउँथे । बुवासंग हिँड्दा हिँड्दै कपाल काट्न सिकेका उनले १४ बर्षको उमेर पुग्दा बुवा नभएका बेला पसल नै सम्हाल्ने आँट देखाउँथे । कपाल काट्ने कामप्रति मोहनको चासो र लगाव देख्दा उनका बुवा बेला बेला झस्किने गर्थे । हाकिम बनाउने सपना देखेको छोरो कतै हजाम पो बन्ने हो कि ?
सानै उमेरदेखि सामाजिक हुन जानेका मोहनका धेरै साथी हुन्थे । कपाल काट्न सैलुनमा आएका मान्छे अर्को पटक उनैलाई खोज्दथे । किनकी उनले कपाल काट्दै गर्दा ग्राहकसंग गफिदै बिभिन्न सामाजिक र समसामयिक विषयमा कुराकानी गरिरहेका हुन्थे । मोहन भन्छन, ‘२०५८ सालमा एस एल सी दिएपछि त म सबैले खोज्ने, एक किसिमले भन्दा सेलीब्रेटी हेयर डिजाईनर जस्तै भएको थिएँ ।’ बुटवलदेखि बर्दघाटसम्मका मानिसहरुले उनलाई खोज्दा आफुलाई त्यस्तो लाग्ने गरेको मोहनले बताए ।
कपाल काट्दै पत्रकारीता :
मोहन देवदहमा पत्रकारीताको जग बसाउने मध्ये एक हुन् । उनकै सक्रियतामा त्यहाँ पत्रकारीता तालिम संचालन भएर सामुदायिक पत्रिका समेत निस्कीएको थियो । उनी भन्छन्, 'एकपटक कपाल काट्ने क्रममा बुटवलमा पत्रकारीता गरिरहनुभएका सिद्धिचरण भट्टराई सर आउनुभयो, उहाँले देवदहमा पत्रकारीता सम्बन्धि तालिम चलाउन खोज्नुभएको रहेछ । मलाई प्रस्ताव राखेपछि मैले हुन्छ भने ।’ भखैरै प्लस टु भर्ना भएका मोहनले साथीहरुलाई जुटाएर आफुसमेत उक्त तालिममा सहभागी भए । तालिमपछि मोहन व्यवस्थापक रहेको टिमले २०६० सालमा देवदह सन्देश नामक भित्ते पत्रिका प्रकाशन ग¥यो । उक्त पत्रिका नै देवदहबाट प्रकाशित पहिलो पत्रिका थियो । जुन हस्तलिखित थियो । पत्रिका हातले लेखेर देवदहका विभिन्न भित्ताहरुमा पिठो र गोवरले टाँसेको उनलाई आज जस्तै लाग्छ ।
मोहन व्यवस्थापक रहेको टिमले २०६० सालमा देवदह सन्देश नामक भित्ते पत्रिका प्रकाशन ग¥यो । उक्त पत्रिका नै देवदहबाट प्रकाशित पहिलो पत्रिका थियो ।
पत्रकारीतामा जोडिएसंगै मोहनको चिनजान र सम्पर्क थप बढ्दै गयो । एकपटक भेटेको र बोलेको मान्छेलाई छिट्टै प्रभाव पार्न सक्ने खुबी भएका उनले बुटवलको एक एफएम स्टेशनमा भोजपुरी भाषामा कार्यक्रम संचालन गर्ने अवसर पाए । मोहन भन्छन्, 'सितलनगरदेखि साइकलमा बुटवल पुगेर रेडियोमा साप्ताहिक कार्यक्रम गर्थेँ ।' तत्कालिन अवस्थामा माओवादी आन्दोलन र विभिन्न संघ संगठनले गर्ने बन्द र हड्तालका कारण यातायातका साधन नचलेपछि उनीसंग अरु विकल्प हुँदैनथ्यो ।
पत्रकारीताको जगमा मिलेको जागिर
करिव २ बर्ष रेडियोमा काम गरेका उनले प्लस टु उत्तिर्ण गरेसंगै रुपन्देहीमा क्रियाशिल एउटा गैरसरकारी संस्थामा जागिरको अवसर भेटे । पत्रिका र रेडियोको अनुभव बटुलेका उनले उक्त संस्थामा मिडिया कोर्डिनेटरको जिम्मेवारी पाए । मोहन भन्छन्, 'छिटपुट रुपमा काम गरेको भएपनि मेरो जीवनको पहिलो जागिर र बुझेको तलव पनि त्यहि थियो ।’ उनले त्यतिबेला उक्त संस्थाबाट पहिलो महिनामा १६ हजार रुपैंया तलब बुझेका थिए । पहिलो तलव बुझ्दा आफुलाई लाखौंजस्तो लागेको र बुझेको खबर परिवारले थाहा पाउँदा दङ्ग परेको मोहनले सुनाए ।
करिव ३ महिनाको तलब बुझेर किस्तामा आफुले मोटरसाईकल किनेको सम्झना मोहनलाई अहिले पनि ताजै छ । मोटरसाईकल किनेपछि उनलाई जागिरमा जान त सहज भयो नै, स्नातक पढ्नका लागि कलेजसम्म जान समेत गतिलो साधन भयो । संस्थामा काम गर्दैगर्दा २०६७ सालमा स्नातक उत्तिर्ण गरेका मोहनले द्धन्द्ध प्रभावितहरुको क्षेत्रमा काम गर्नेगरि नेपाल सरकारको शान्ति मन्त्रालयमा जागिरको अवसर पाए । सो क्रममा उनलाई सुदुरपश्चिम क्षेत्र हेर्ने जिम्मा थियो ।
जागिरले उद्यमसंग जोडिन सिकायो
दश बर्षे जनयुद्ध र २०६२÷०६३ को जनआन्दोलनपछि स्थापना भएको शान्ति मन्त्रालयको उक्त प्रोजेक्टमा काम गर्ने क्रममा मोहनले उद्यमशिलता र व्यावसायिकतालाई बुझ्ने मौका पाए । त्यसो त उनलाइ जीवन र जगतको बारेमा राम्रोसंग महसुस गर्ने मौका पनि त्यहीँ मिलेको हो ।
मोहन भन्छन्, 'वास्तवमा समस्या के हो ? र समस्यासंग कसरी जुध्ने भन्ने कुरा मैले सुदु्रपश्चिमबाटै सिकेको हो ।’ राज्य र बिद्रोही बीचको द्धन्दका कारण नागरिकलाई परेको सास्ती र द्धन्दले निम्त्याएको सुदुरको जनजीवन सम्झिदा अहिले पनि मोहनको आङ्ग सिरिङ्ग हुन्छ ।
'सुदुरपश्चिमको कहानी हामीले सुने भन्दापनि दर्दनाक रहेछ । युद्धले उजाडिएकामध्ये डडेलधुराको एक बस्तीका सबै पुरुषहरु हुलाकी रहेछन् । सरकारी जागीरे उनीहरु जिल्ला हुलाक र मातहतका कार्यालयमा काम गर्थे । जसका कारण उक्त गाउँलाई हुलाकी गाउँ भनेर समेत चिनिन्थ्यो । युद्ध उत्कर्षमा थियो । तत्कालिन शाही सेनाले गाउँमा माओवादी आउने सूचना प्राप्त गर्छ । सोही अनुसार सेना युद्धको तयारीमा जुट्छ । साँझ काम सकेर हुलाकीहरु घर फर्किन्छन् । सेनालाई लाग्छ, उनीहरु नै माओवादी हुन् । सेनाले उनीहरु माथि गोली बर्साउँछ । माओवादीको नाममा ति सबै हुलाकी मारिन्छन् । यसरी अधिकांश पुरुष मारिएपछि उनका श्रीमतीको सिन्दुर पुछिन्छ, बालबालिका टुहुरा हुन्छन्, आमा बाबु बेसहारा हुन्छन् । क्षणभरमै हुलाकी गाउँ पुरुषविहिन र विधवा गाउँमा परिणत हुन्छ । सोही गाउँका द्धन्द्ध प्रभावितलाई सिप सिकाएर उद्यम संग जोड्न मलाई त्यहाँ पठाइएको थियो ।’
तत्कालिन समयको एउटा घटना स्मरण गर्दै उनी भन्छन्, 'सुदुरपश्चिमको कहानी हामीले सुने भन्दापनि दर्दनाक रहेछ । युद्धले उजाडिएकामध्ये डडेलधुराको एक बस्तीका सबै पुरुषहरु हुलाकी रहेछन् । सरकारी जागीरे उनीहरु जिल्ला हुलाक र मातहतका कार्यालयमा काम गर्थे । जसका कारण उक्त गाउँलाई हुलाकी गाउँ भनेर समेत चिनिन्थ्यो । युद्ध उत्कर्षमा थियो । तत्कालिन शाही सेनाले गाउँमा माओवादी आउने सूचना प्राप्त गर्छ । सोही अनुसार सेना युद्धको तयारीमा जुट्छ । साँझ काम सकेर हुलाकीहरु घर फर्किन्छन् । सेनालाई लाग्छ, उनीहरु नै माओवादी हुन् । सेनाले उनीहरु माथि गोली बर्साउँछ । माओवादीको नाममा ति सबै हुलाकी मारिन्छन् । यसरी अधिकांश पुरुष मारिएपछि उनका श्रीमतीको सिन्दुर पुछिन्छ, बालबालिका टुहुरा हुन्छन्, आमा बाबु बेसहारा हुन्छन् । क्षणभरमै हुलाकी गाउँ पुरुषविहिन र विधवा गाउँमा परिणत हुन्छ । सोही गाउँका द्धन्द्ध प्रभावितलाई सिप सिकाएर उद्यम संग जोड्न मलाई त्यहाँ पठाइएको थियो ।’ आफु त्यहाँ हुँदा सरकारी कर्मचारीको हैसियतमा रहेपनि सरकारी मान्छे भनेर स्थानियबाट हुने घृणाभावले उनका आँखा रसाउँथे ।
सुबिधा सम्पन्न जागिरबाट राजिनामा, जागिर छाडेपछि मानसिक तनाब
सुदुरपश्चिमेलीलाई उद्यमशीलताको सीप सिकाउँदै गर्दा उनी आफुलाई पनि धेरै कुरा सिकाई भयो । मोहन भन्छन्, 'हिजो बुवा आमाले पद र जागिर मात्र सिकाउनुभयो, त्यहाँ मैले सिप र उद्यमशिलता के हो ? सिक्ने मौका पाएँ ।’ जागिरको सिलसिलामा ४ बर्ष सुदुरपश्चिम रहेका मोहनको सरुवा बाग्लुङ्ग भयो । बाग्लुङ्ग जान भनेर सरकारी गाडीमा बुटवलसम्म आएका मोहनको मन एकाएक फेरीयो । उनले जागिरबाट राजिनामा दिए ।
मोहनले जागिर छाडेको सुनेपछि बुवाले उनलाई बेस्सरी झपारे । बुवा यतिसम्म रिसाए कि केहि समय त बोलचालै बन्द भयो । हुँदा खाँदाको सरकारी जागिर, सेवा सुविधा छाडेपछि श्रीमती त झन खुसी हुने कुरै भएन । उनले समेत मोहनलाई यसो नगर्नुपथ्र्यो भनेर सुझाईन् । मोहनले श्रीमतीलाई जनतन सम्झाइबुझाई गरे तर हाकिम (जागिरे) भैसकेको छोराले राजिनामा दियो भन्दा बाबुको मनमा बलेको आगो निभाउन उनलाई निक्कै गार्ह्यो भयो । परिवारले उनलाई यतिसम्म दवाव दियो कि, मोहन तनावले निद्रा लाग्ने औषधि खानुपर्ने अवस्थामा पुगे ।
जागिर छाडेको कुरा मोहनले घरपरिवारलाई सुनाए । मोहनले जागिर छाडेको सुनेपछि बुवाले उनलाई बेस्सरी झपारे । बुवा यतिसम्म रिसाए कि केहि समय त बोलचालै बन्द भयो । हुँदा खाँदाको सरकारी जागिर, सेवा सुविधा छाडेपछि श्रीमती त झन खुसी हुने कुरै भएन । उनले समेत मोहनलाई यसो नगर्नुपथ्र्यो भनेर सुझाईन् । मोहनले श्रीमतीलाई जनतन सम्झाइबुझाई गरे तर हाकिम (जागिरे) भैसकेको छोराले राजिनामा दियो भन्दा बाबुको मनमा बलेको आगो निभाउन उनलाई निक्कै गार्ह्यो भयो । परिवारले उनलाई यतिसम्म दवाव दियो कि, मोहन तनावले निद्रा लाग्ने औषधि खानुपर्ने अवस्थामा पुगे ।
जीवनमा संकल्प सहित दृढ ईच्छाशक्ति लिएर अगाडि बढेपछि सफलतामा पुगिन्छ भन्ने मोहनलाई विश्वास थियो । त्यसैले उनले आफुभित्रको आफैलाई विश्वास गरेर जागिर छाडेका थिए । त्यो विश्वासलाई खेर जान नदिनु मोहनको कर्तब्य थियो । उनले बुवाको सपनालाई मार्न चाहेका पनि थिएनन् । बुवाले बालिघरे हुँदै गाउँमा कपाल काटेर हिँडेको उनलाई झल्झली याद थियो । बुवाले गरेको काम र आफुले बुवाबाटै सिकेको सिपलाई उद्यम र व्यावसायिकतामा ढाल्ने उनको योजना थियो । बुवासंग भएको जग्गा लोनमा राखेर बुटवललाई हेयर डिजाईनको हव बनाउने उनको चाहना थियो । तर परिवार नै टाढा भएपछि कस्को सहारामा अगाडि बढ्ने ? उनलाई नैतिक संकट आइलाग्यो ।
बुटवलमा सुबिधा सम्पन्न सैलुन
मोहनसंग योजना थियो तर प्रयाप्त पैसा थिएन । जागिर गर्दा कमाएर बचाएको केहि पैसा उनीसंग थियो । त्यसमा साथिभाईले धेरै थोरै सहयोग गरेपछि उनीसंग १० लाख रुपैंया जुट्यो । जागिर छाडेपछि हेयर डिजाईनको बिषयमा धेरै अध्ययन गरेका मोहनलाई निल डेभिडको ब्यक्तित्व र ख्यातिले प्रभाव पारेको थियो । त्यतिबेला हेयर डिजाइनर पनि सेलिब्रेटी हुन्छन् भन्ने उदाहरण डेभिड बनिसकेका थिए । धेरै प्रयासपछि उनी काठमाडौं पुगेर डेभिडलाई भेटे । काठमाडौंबाट फर्किएका उनले २०७३ सालमा बुटवलमा डेभिडकै फ्रेन्चाइजी लिएर 'निल डेभिड युनिसेक्स सलुन' खोल्ने निधो गरे ।
काठमाडौं बाहिर फरक प्रकृतिको वातानुकुलित र सुबिधासम्पन्न सलुन खोल्नु मोहनका लागि चुनौती थियो । उनले फ्रेन्चाईजी लिएबापत ३ लाख रुपैंया निल डेभिडकोमा अग्रिम बुझाएका थिए । मासिक १५ हजार रुपैंया थप बुझाउनुपर्ने थियो । बुटवलको सिंह कम्प्लेक्सको तेस्रो तल्लामा ३ सय ६५ वर्ग फिट क्षेत्रफललाई उनले थप मासिक २५ हजार रुपैंया तिर्नुपथ्र्यो । कर्मचारीको तलव छुट्टै थियो । अर्कोतर्फ करिव १ सय पचास रुपैंया तिरेर बुटवलमा कपाल काटिरहेका ग्राहकबाट दोब्बर मुल्य लिनुपर्ने थियो । तर मोहनले १ जना कर्मचारी र भाईलाई साथमा लिएर सलुन शुभारम्भ गरे ।
काठमाडौं बाहिर फरक प्रकृतिको वातानुकुलित र सुबिधासम्पन्न सलुन खोल्नु मोहनका लागि चुनौती थियो । उनले फ्रेन्चाईजी लिएबापत ३ लाख रुपैंया निल डेभिडकोमा अग्रिम बुझाएका थिए । मासिक १५ हजार रुपैंया थप बुझाउनुपर्ने थियो । बुटवलको सिंह कम्प्लेक्सको तेस्रो तल्लामा ३ सय ६५ वर्ग फिट क्षेत्रफललाई उनले थप मासिक २५ हजार रुपैंया तिर्नुपथ्र्यो । कर्मचारीको तलव छुट्टै थियो । अर्कोतर्फ करिव १ सय पचास रुपैंया तिरेर बुटवलमा कपाल काटिरहेका ग्राहकबाट दोब्बर मुल्य लिनुपर्ने थियो । तर मोहनले १ जना कर्मचारी र भाईलाई साथमा लिएर सलुन शुभारम्भ गरे ।
बुटवल हेयर डिजाइनको हब बन्न सक्छ भन्ने आत्मविश्वास
चुनौती र समस्याका चाङ्ग एकातर्फ थिए भने अर्को तर्फ परिवार अझैपनि सलुन पेशाप्रति विश्वस्त थिएन । बढिमा १ लाख लगानी लाग्ने सलुन व्यवसायमा १० गुणाभन्दा बढि लगानी गरेका मोहनलाई खिसिट्युरी गर्ने पनि प्रशस्त भेटिन्थे । कतिपयले त ६ महिनामा बोरी बिस्तार बाँधेर गाउँ फर्कन्छ भनेर भन्ने गरेको कुरा उनका कानसम्म आउँथे । तर मोहनको भित्री मनले तिब्र रुपमा शहरीकरण भईरहेको बुटवललाई देखेको थियो । गुणस्तरीय सेवा लिन आतुर बुटवल र आसपासका ग्राहकको चाहनालाई क्याच गरेको थियो । मोहनले आफ्नो प्रतिष्पर्धी अरु होईन आफैंलाई ठान्थे ।
सलुन सुरुवातसंगै मोहनलाई व्यवसायमा पछाडि फर्कनु परेन । २०७३ मा निल डेभिड स्वयम आएर उद्घाटन गरेको सलुनमा ग्राहकको चाप कहिल्यै घटेन । मोहन भन्छन्, 'उद्घाटनको दिन त ग्राहकको भिड बाहिरसम्मै थियो ।’ ४ दिनसम्म पर्खिएर पनि उद्घाटनमा आएका ग्राहकले मोहनको सलुनबाट सेवा लिएको उनले सुनाए ।
अहिले मोहनको सलुनको आकार बढेको छ । २२ सय बर्गफिटबाट उनले सेवा दिइरहेका छन् । मोहनको सलुनमा हेयर डिजाईनदेखि लिएर हेयर ट्रिटमेन्ट, कलरीङ्ग, स्ट्रेटनिङ्ग, फेसीयल, नेल क्यरीङ्ग लगायतका काम हुन्छन् । जुन सेवा लिन काठमाडौं, बिराटनगर नेपालगञ्ज र धरान लगायतका शहरबाट समेत ग्राहकहरु जहाज चढेर आउने गरेका छन् । जसमध्ये अधिकांश ग्राहक महिला हुनेगर्छन् ।
नेपालको हेयर डिजाईन र सो सम्बन्धि कामका लागि समृद्धि उत्कृष्ट गन्तब्य बनेको छ । समृद्धिको पोखरा र मणिग्राममा २ वटा शाखा छन् । बर्दघाट र जितपुरमा फ्रेन्चाईजी मार्फत समृद्धि संचालित छ । जहाँबाट ५० जना भन्दा बढिले रोजगारी पाइरहेका छन् । अब छिट्टै भैरहवा र चितवनबाट पनि समृद्धिको सेवा लिन सकिने मोहनले बताए । उनले भने, 'ग्राहकको चाप बढ्दै गईरहेकाले सम्बन्धित सहरबाटै सेवा दिन चाहन्छौं ।’ मोहनका अनुसार समृद्धि ब्राण्ड अब छिट्टै अन्तराष्ट्रियस्तरको समेत हुँदैछ । अष्ट्रेलियाको सिड्नीमा व्यवस्थापनको सबै काम सकाएको समृद्धिले ओपनिङ्गको मिति कुरीरहेको छ ।
समृद्धिको यात्रा
३ बर्षसम्म फ्रेन्चाईजी लिएर चलाएको सैलुनलाई मोहनले अहिले आफ्नो छुट्टै पहिचान दिएका छन् । जसलाई समृद्धि हेयर सलुनको नामले चिनिन्छ । अहिले नेपालको हेयर डिजाईन र सो सम्बन्धि कामका लागि समृद्धि उत्कृष्ट गन्तब्य बनेको छ । समृद्धिको पोखरा र मणिग्राममा २ वटा शाखा छन् । बर्दघाट र जितपुरमा फ्रेन्चाईजी मार्फत समृद्धि संचालित छ । सलुनमा मोहनको लगानी २ करोड माथि छ । जहाँ ५० जना भन्दा बढिले रोजगारी पाइरहेका छन् । सयौंले सीप सिकिरहेका छन् ।
अब छिट्टै भैरहवा र चितवनबाट पनि समृद्धिको सेवा लिन सकिने मोहनले बताए । उनले भने, 'ग्राहकको चाप बढ्दै गईरहेकाले सम्बन्धित सहरबाटै सेवा दिन चाहन्छौं ।’ मोहनका अनुसार समृद्धि ब्राण्ड अब छिट्टै अन्तराष्ट्रियस्तरको समेत हुँदैछ । अष्ट्रेलियाको सिड्नीमा व्यवस्थापनको सबै काम सकाएको समृद्धिले ओपनिङ्गको मिति कुरीरहेको छ ।
बुटवलमा छुट्टै एकेडेमी :
पछिल्लो समय समृद्धिले कपाल र सौन्दर्य सम्बन्धि तालिम दिन एकेडेमी संचालन गरिरहेको छ । गतबर्षको चैतबाट सिंह कम्प्लेक्सकै दोश्रो तल्लामा संचालिन एकेडेमीमा १ सय भन्दा बढि महिला र पुरुषले तालिम लिईरहेका छन् । विदेशमा समेत सौन्दर्य तथा हेयर डिजाइनको राम्रो स्कोप रहेकाले यसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दो रहेको मोहनले बताए । उनले भनेर्, हिजो एउटा समुदायको भनेर चिनिने सलुन व्यवसाय अब त्यस्तो रहेन । काठमाडौं र राजधानीमा मात्र व्यवसाय चल्छन् भन्ने मानसिकता पनि फेरीन थालेको छ । मोहनका अनुसार सलुन संचालन गर्न नसकेर विदेश पलायन भएकाहरु पनि अहिले नेपाल आएर छोडेको व्यवसाय सुचारु गरिरहेका छन् ।
एकेडेमीलाई सरकारी मान्यता प्राप्त बनाउने चाहना :
असफल भएपनि काम गरेरै हुने हो, भन्ने मानसिकता राख्ने मोहनले व्यावसायिक जीवनसम्म आइपुग्दा विभिन्न आरोह अवरोह पार गर्नुप¥यो । कामगर्दै जाँदा असफल भएमा 'प्लान बि' समेत आँफुले सोँचेर काम गरेको बताउने मोहनले त्यसबारे भने खुल्न चाहेनन् । सिकाई निरन्तर चलिरहने प्रकृया हो भन्ने बुझेका उनले अझैपनि समृद्धिलाई थप अपग्रेट गर्न के गर्नुपर्छ भनेर चिन्तन गर्ने गर्छन् । उनले एकेडेमीलाई सरकारी मान्यता प्राप्त प्रशिक्षण केन्द्रको रुपमा विकसित गर्न चाहन्छन् । मोहनको प्लान बि' मा पुग्न नपरोस्, बुटवलदेखि अष्ट्रेलियासम्म विस्तारित समृद्धिको फैलावट कतै नारोकियोस् । शुभकामना ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology