Logo

२०८३, श्रावण २७गते


images
images

उद्यम यात्रा

दृढता र पारिवारिक एकताले बनेको : सूर्या ब्राण्ड

दृढता र पारिवारिक एकताले बनेको : सूर्या ब्राण्ड

images
  • दृढता र पारिवारिक एकताले बनेको : सूर्या ब्राण्ड
    images
    images

    भनिन्छ, 'दुःखमा आत्तिनु र सुखमा मात्तिनु हुँदैन ।' मानव जीवन भोगाईको क्रममा कहिले सुख आउँछ त कहिले दुःख । सुख र दुःखलाई  जीवनकालमा एक सिक्काको दुई पाटाको रुपमा समेत चित्रण गरिएको हुन्छ । मानिस जन्मिएबाट नमरुञ्जेल कहि न कहिँ यी दुवै कुरा अनुभुति गरिरहेको हुन्छ । तर कतिपय अवस्थामा यस्तो भईदिन्छ कि परिवारसंगै साथिभाई अनि इष्टमित्रको साथ र हौसला मिल्यो भने मान्छे आफ्ना हरेक दुःखलाई बिर्सिदिन्छ र उ सँधै खुसी भएको महशुस गर्छ । यस्तो अवस्थामा उसले आफ्नो जीवनमा आएका दुःखका क्षणहरुलाई सफलताको अर्को खुड्किलो चढ्ने माध्यमको रुपमा लिन्छ र थप जिम्मेवारीबोधका साथ अघि बढ्छ । यसरी नै आफ्नो जीवनयात्रा अघि बढाईरहेका पात्र हुन् - युवा उद्यमी शिव पराजुली ।

    images
    images
    images

    बि.सं. २०३५ साल असोज २७ गते बुवा तुलसीप्रसाद र आमा मेनुका पराजुलीको कोखबाट माईलो सन्तानको रुपमा जन्मिएका शिवको दैनिकी निकै ब्यस्त छ । १२ बर्ष खाडी मुलुक कतारमा बिताएका शिव अहिलेले देशमै केहि गर्न सकिन्छ भन्ने उदाहरण बनेका  छन् । एक दशक अघि आफु विदेशिनु परेको र परिवार छाडेर विदेशी भुमिमा रोजगारीको लागि जानुपर्दा देखेको र भोगेको पिडा सम्झिदै शिव आज पनि देशमै केहि गर्छु र देशको आर्थिक उपार्जनमा टेवा पु¥उछु भनेर लागि परेका छन् ।

    images
    images
    images

    शिव नेतृत्वको सुर्या ईण्डष्ट्रिजको उत्पादन अहिले ५५ भन्दा बढि जिल्लामा पुगिसकेको छ । आई. एस. ओ ९००१-२०१५ बाट मान्यता प्राप्त सुर्या ईण्डष्ट्रिजले अहिले १० बर्ष ग्यारेन्टी सहित ७ वटा सिरिजमा धारा र बाथ फिटिङ्गका आईटम उत्पादन गर्दै आएको छ ।

    images
    images
    images

    सामान्य ब्यापारीक पृष्ठभुमिका शिवको बाल्यकाल तत्कालिन देवदह गाविस वडा नं ८ भलुहीमा बित्यो । प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका शिवले देवदह बोर्डिङ्ग स्कूल, जनप्रिय माध्यमिक विद्यालय हुँदै कालिका मावि बुटवलबाट एसएलसि तथा बुटवल बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरे । पढ्ने समयदेखि नै बुवाले गर्ने ब्यवसायबाट प्रभावित उनले २०५२ सालमा पढाई छाडेसंगै ब्यवसायमा हात हाले ।

    सुरुमा घरमै रहेको किराना पसलमा बस्दा नै शिवले व्यापारका अन्य बिधाको विषयमा समेत चिन्तन गर्थे । बुवा तुलसीप्रसादले घरमा किराना पसलसंगै यातायात व्यवसाय समेत संचालन गरिरहेकाले शिव पनि यी दुवै व्यवसायसंग नजिक रहे । करिव १० बर्ष उनी यी दुवै व्यवसायको अघिपछि हुँदै आफ्नो व्यावसायिक करियरलाई अघि बढाउँदै गए । व्यवसाय गर्दैगर्दा २०६३ सालमा उनी नेपाल छाडेर बैदेशिक रोजगारीको सिलसिलामा कतार पुगे । कतारमा उनले त्यहाँको एक ट्रान्सपोर्ट कम्पनीमा ड्राईभिङ्ग सुपरभाईजरको रुपमा जागिर गर्न लागे । कतार रहँदा शिवले गाडि चलाउनेसंगै विभिन्न अनलाईन ब्यापारको समेत अनुभव हासील गरे ।

    आखाँमा सपना र मनमा आत्मविश्वास बोकेका शिवले राज्यबाट कुनैपनि आस राखेका छैनन् । विद्युतको नियमित आपुर्ती र उद्योगलाई आवश्यक श्रमिक देशमै पाउने हो भने नेपालमा उद्यम गर्न कुनै समस्या नरहने उनी बताउँछन् । युवाहरू विदेशीईरहेको प्रसङ्गमा उनी युवाहरूले सुख दु:ख देशमै उद्यम गर्नुपर्ने बताउँछन् ।

    कतार बसाईको क्रममा आफ्नो जागिर ठिकठाक भएपनि कतारमा काम गर्ने अन्य नेपाली कामदारको अवस्था निकै नाजुक र दयनिय देखेका उनले समाज सेवा अभियान रुपन्देही कतार नामक संस्था मार्फत त्यहाँ कार्यरत नेपाली कामदारको उद्धार र समन्वयमा जुट्ने अवसर पाए । उक्त संस्थामा उपाध्यक्ष रहेका शिवले त्यसै संस्था मार्फत त्यहाँ कार्यरत दु:ख पाएका नेपालीको उद्धार र सहयोगमा जुट्ने काम मात्र गरेनन् आफ्नो जिल्लामा रहेका बिभिन्न परोपकारी संघसंस्थाको लागि सहयोग संकलन गरी पठाउने काम समेत गरे । उनले त्यतिबेला रुपन्देहीको देवदहमा रहेको मायादेवी अनाथ आश्रम, कोटिहवामा रहेको अविनाश अनाथ आश्रम र शान्ति नमुना मा.वि मणिग्रामको लागि आर्थिक सहयोग जुटाएर पठाउने गरेको बताउछन्  ।

    करिव १२ बर्ष कतारमा बिताएका शिवले कतारलाई नै आफ्नो कर्मथलो बनाएर परिवारलाई समेत उतै झिकाउने सोँच बनाए । सोही बमोजिम उनले परिवारका सदस्यहरुको पासपोर्ट बनाएर सबैलाई उतै लैजाने तयारी गरे । आफ्नो कमाई राम्रै रहेको र परिवारलाई पनि उतै बोलाएर 'सेटल' हुने सुरमा रहेका शिवले एकाएक योजना परिवर्तन गरी नेपाल फर्किए । २०७५ सालमा नेपाल फर्किएका शिव परिवार र आफन्तसंगको छलफल र सरसल्लाहपछि कतार नफर्कने र नेपालमै उद्यम गर्ने निर्णयमा पुगे । तीन भाई बुवा र तीन बहिनी फुपुका छोराहरु समेत गरि जम्मा ६ जना मिलेर शिव खानेपानीको धारा बनाउने उद्योग स्थापनामा जुटे । आफ्नो अध्यक्षतामा पारिवारीक टिम सहभागी फ्याक्ट्री अहिले सुर्या ईण्डष्ट्रिज प्रालिको नामबाट रूपन्देहीको देवदह-२ मा संचालित छ ।

    शिव पराजुली .jpg
    कार्यालयमा शिव पराजुली  । तस्वीर : पवन पौडेल / सेतोमसी 

    स्थापनाको सुरुवातमा १० जना कर्मचारीबाट काम सुरु गरेको सुर्याले ७५ जनासम्मलाई दैनिक रोजगारी दिएको शिव बताउँछन् । उनी भन्छन्, "एक दुई पटक त स्थानीय निकायका जनप्रतिनिधिसंगको भेटमा बेरोजगारि भएर बसेको कोही भेटे आफ्नो कम्पनीमा पठाउन समेत आग्रह गरेको छु ।" तर यहाँ श्रम गर्ने मान्छे कम भेटिने बताउँदै शिवले काम गर्ने दक्ष कामदार समेत भारतबाट झिकाउनुपरेको गुनासो गरे ।

    नगरपालिका र हरेकजसो वडा कार्यालयले कहिले नेतृत्व विकास, कहिले सिपमुलक तालिम त कहिले लोकसेवा तालिमको नाममा बर्षेनी लाखौँ रूपैया खर्च गरेको देखिरहेका शिव भने उद्योगमा काम गर्ने कामदार नपाएर दु:खी छन् । उनी भन्छन्,  "लाखौँ रूपैया नगरपालिका र वडाले तालिमको नाममा खर्चेको भन्ने सुन्छु, खै केको तालिम हुन्छ ? के सिकाइन्छ ?  हामीले देशमै काम दिन्छु भन्दा पनि कामदार पाउन गाह्रो छ ।" विदेशिने यूवाको संख्या दिनानुदिन बढ्दो छ । यो स्थिती बढ्दै गए एकदिन श्रम संकट आउन सक्ने शिवको अनुमान छ । उत्पादन गर्ने श्रमीकसंगै पछिल्लो आर्थिक संकटले बजार समेत बिग्रदो छ । उद्योग स्थापनाको सुरुवात मै लकडाउनको मार खेपेका शिवले अहिले आएर विद्युत आपुर्तिको समस्या झेलिरहेका छन् । अनियमित विद्युत आपुर्तिका कारण उत्पादन नियमित नहुने र जसका कारण बजार र कामदारको समन्वय गर्न नसकिएको उनी बताउछन् । अर्कोतर्फ लगानीको समस्या, अनपेक्षित रुपमा बढेको बैङ्क ब्याजदर र उपभोक्ताको समेत निर्माण क्षेत्रमा कम चासोका कारण व्यवसाय थप समस्यामा परेको उनी बताउँछन् । अहिले पनि उत्पादन र बिक्रिको ब्यवस्थापन गर्न आफुलाई निकै कठिन भएको उनको भनाई छ । तर पनि काम गर्ने दृढ ईच्छा शक्ति र परिवारको साथ भए जस्तोसुकै अफ्ठयारोमा पनि सफलता प्राप्त गर्न सकिने शिवमा आत्मविश्वास छ ।

     सकारात्मक सोंच, बलियो आत्मविश्वास र फरक काम उत्कृष्ट ढंगले गर्न चाहने शिव अहिलेको निराश युवा जमातका लागि प्रेरणाका स्रोत हुन् । अधिकारका कुरा मात्र गर्ने तर नागरिक कर्तव्यको बारेमा बेखबरहरूका लागि शिव पढ्नैपर्ने पुस्तक हुन् ।  

    शिव नेतृत्वको सुर्या ईण्डष्ट्रिजको उत्पादन अहिले ५५ भन्दा बढि जिल्लामा पुगिसकेको छ ।  आई. एस. ओ ९००१-२०१५ बाट मान्यता प्राप्त सुर्या ईण्डष्ट्रिजले अहिले १० बर्ष ग्यारेन्टी सहित ७ वटा सिरिजमा धारा र बाथ फिटिङ्गका आईटम उत्पादन गर्दै आएको छ । त्यसो त सुर्या जस्तै बाथ फिटिङ्गकै सामान उत्पादन गर्ने उद्योग अरु नभएका होईनन् । रुपन्देहीमा मात्र सुर्याले जस्तै उत्पादन गर्ने अन्य ४ वटा उद्योग छन् । ति उद्योगसंग प्रतिस्पर्धा गर्नु र आफु अगाडि बढ्नु शिवको लागि चुनौती बनेको छ । स्थापनाका हिसाबले आफ्नो उद्योग कान्छो भए पनि गुणस्तर र मुल्यमा सबैसंग प्रतिष्प्रर्धा गर्न तत्पर रहेको उनी बताउँछन् । शिवलाई अरु भन्दा फरक हुन मन पर्छ र उत्पादनमा नयाँपन दिनको लागि आफु दिनरात नभनी खटिएको उनी बताउँछन् ।

    देवदह नगरमा अहिले शिवको उद्योग अवलोकनको लागि समेत गन्तब्य स्थल बन्न थालेको छ । विभिन्न विद्यालयबाट विद्यार्थी र शिक्षकको टिमले उद्योगको बारेमा जानकारी लिंदा आफुलाई आनन्द आउने उनी बताउँछन् ।

    सुर्या ईण्डष्ट्रिजबाट शिवले एकपटक राष्ट्रिय रुपमा परिचित हुने अवसर पनि पाएका छन् । उनी भन्छन्, "त्यतिका समय विदेश बसेर फर्किएको म उद्योग स्थापना गरेको ३ बर्षमै राष्ट्रिय रुपमा सम्मानीत हुने अवसर पाएँ, त्यो पल मेरो लागि अविस्मरणीय हो ।" शिव २०७८ सालमा वैदेशिक रोजगारीबाट फर्किएका युवाले गरेको उद्यमशिलता पुरस्कारबाट सम्मानित देशभरका अगुवा यूवा हुन् । उनले सो बापत १ लाख रुपैंया नगद र सम्मानपत्र पाएका छन् ।

    आखाँमा सपना र मनमा आत्मविश्वास बोकेका शिवले राज्यबाट कुनैपनि आस राखेका छैनन् । विद्युतको नियमित आपुर्ती र उद्योगलाई आवश्यक श्रमिक देशमै पाउने हो भने नेपालमा उद्यम गर्न कुनै समस्या नरहने उनी बताउँछन् । युवाहरू विदेशीईरहेको प्रसङ्गमा उनी युवाहरूले सुख दु:ख देशमै उद्यम गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, "नेतालाई सरापेर मात्र नबसौं, देशमा समस्या छ, राजनीतिक नेतृत्वले सुझबुझ ढंगले काम गरेको छैन, यो सत्य हो ।  तर  नागरिकले नागरिक दायित्व विर्सनुहुन्न ।  उद्यम गर्ने, रोजगार सिर्जना गर्ने, राज्यलाई कर तिर्ने र निर्वाचनमा विवेक प्रयोग गरेर नेतृत्व चयन गर्ने काम पनि नागरिककै हो ।"

    सकारात्मक सोंच, बलियो आत्मविश्वास र फरक काम उत्कृष्ट ढंगले गर्न चाहने शिव अहिलेको निराश युवा जमातका लागि प्रेरणाका स्रोत हुन् । अधिकारका कुरा मात्र गर्ने तर नागरिक कर्तव्यको बारेमा बेखबरहरूका लागि शिव पढ्नैपर्ने पुस्तक हुन् । करोडौं लगानीको उद्योग हाँकीरहेका शिवले आगामी दिनमा सयौं नेपाली युवालाई रोजगार दिन सकुन्, उनमा रहेको उर्जा अझै बढ्दै जाओस, शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।