बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्र बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ । अब पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेल तथा मट्टितेलको मूल्य १ सय ११ रुपैयाँ कायम गरिएको बताइएको छ ।
विद्यार्थी संगठनहरु मूल्यवृद्धिविरुद्ध आन्दोलित छन् । बुधबारपनि उनीहरुले देशभरका पेट्रोल वितरण केन्द्र, पम्प र पेट्रोलियम ढुवानी ट्याङ्कर ठप्प पारेका थिए । आजको लागि समेत सोही कार्यक्रम गर्ने बताएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology