Logo

२०८३, आश्विन १०गते


images
images

पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा जथाभाबी मूल्य वृद्धि गर्नेलाई कारबाही हुने

पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा जथाभाबी मूल्य वृद्धि गर्नेलाई कारबाही हुने

images
  • पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा जथाभाबी मूल्य वृद्धि गर्नेलाई कारबाही हुने
    images
    images

    काठमाडौ ।पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा जथाभाबी मूल्य वृद्धि गर्नेलाई कारबाही हुने भएको छ।

    images
    images
    images

    रुस–युक्रेन युद्धलाई देखाएर जथाभाबी भाउ बढाएका व्यापारीले पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा आफूखुशी मूल्य बढाएका छन् । तर, हरेक दिन बजार अनुगमन भइरहे पनि पेट्रोलियम पदार्थको भाउ बढेकाले कारबाही हुन सकेको थिएन । अब भने सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएकाले बजार अनुगमनमा कडाइ गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

    images
    images
    images

    विभागका निर्देशक हरि पङ्गेनीले जथाभाबी भइरहेको मूल्यवृद्धिलाई नियन्त्रणमा लिन आजैदेखि अनुगमन टोलीको सङ्ख्या बढाएर बजार अनुगमन हुने जानकारी दिनुभयो ।  त्यसका लागि जनशक्ति पनि थपिएको छ । अहिले हेरक दिन विभागका तीन–चार टोली बजार अनुगमनमा खटिएका छन् । अब यसमा थप दुई–तीन टोली थपेर अनुगमनलाई बढाउने उहाँले बताउनुभयो । हिजो पेट्रोलमा २० रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर २९ रुपैयाँले भाउ घटाउँदै सरकारले बजारमा भइरहेको मूल्यवृद्धिलाई नियन्त्रणमा लिन पनि निर्देशन दिएको थियो ।

    images
    images
    images

    निर्देशन अनुसार आजैदेखि कर्मचारी खटाइ अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रणमा लिन अनुगमन गर्ने निर्देशक हरि पङ्गेनीले दाबी गर्नुभयो । उहाँले आफू ठगिएको जस्तो लागे विभागको ११३७ नम्बरमा तुरुन्तै फोन गर्न आग्रह गर्नु भएको छ ।

    उजुरी परेपछि तत्काल अनुगमन हुने र दोषी पाइए ‘अन द स्पट’ अर्थात ठाउँको ठाउँ कारबाही गर्ने उहाँले बताउनुभयो । बजारमा कतिपय व्यापारीले पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा मूल्य वृद्धि गरिरहेका अनुगमनका क्रममा पनि पाइएको छ । अब यस्ता व्यापारीलाई लक्षित गरी अनुगमन गरी कारबाही गरिने विभागले जनाएको छ ।  तर, इन्धनको भाउ घटे पनि दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धि नियन्त्रणमा आउनेमा आशङ्का छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेट्रोलको मूल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।