Logo

२०८३, आश्विन ९गते


images
images

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह 

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह 

images
  • सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह 
    images
    images

    रेशम अधिकारी, सुनवल । नवलपरासीमा एकैदिन तीन किशोरी हराएका छन्  । जिल्लाको सुनवल  नगरपालिका वडा नं. ७  सिसाहानी  निवासी  १८  बर्षिया सरिता मुसहर,  १४ बर्षिया मंजु मुसहर, १३ बर्षिया अनु मूसहर शनिवार साँझ ६  बजेदेखी हराएका  हुन् ।

    images
    images
    images


    अकस्मात छोरिहरू हराएपछी चिन्तित किशोरीका परिवारले आफ्ना छोरीहरू खोजिदिन आग्रह गरेका छन् । 

    images
    images
    images

    अन्दाजी ५ फिट उचाई र गहुँगोरो बर्ण भएकी सरिता मुसहरले कलेजी टप्स र निलो पाईन्ट लगाएको तथा टाउकोमा हेडविन लगाएको परिवारले जनाएको छ ।

    images
    images
    images


    त्यसैगरी मन्जु र अनु मुहसर अन्दाजी साढे ४ फिट गहुँगोरो बर्णका भएको परिवारले जनाएको छ । मन्जुले कालो र पहेलो कपडा लगाएको तथा अनुले सुन्तला रङको सुट लगाएका छन् । 

    हराएका किशोरी मध्य सरिता कक्षा ९ सम्म पढेर पढाइ छोडेकी हुन भने मन्जु र अनु कक्षा ८ र ६ मा अध्ययनरत छात्रा हुन् । 

    त्यसैगरी शनिबार साँझबाटै स्थानीय फ्याक्ट्रीमा काम गर्ने १ नेपाली सहित ३ भारतीय मजदुर समेत हराएको स्थानीयले जनाएका छन् ।


    स्थानीय प्रहरीले घटनाबारे जानकारी प्राप्त भएको र खोजविन जारी रहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।