Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

नवलपरासीबाट अबैध सामान बरामद, भन्सार पठाउने तयारी

नवलपरासीबाट अबैध सामान बरामद, भन्सार पठाउने तयारी

images
  • नवलपरासीबाट अबैध सामान बरामद, भन्सार पठाउने तयारी
    images
    images

    देवदह । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) तथा मातहतको टोलिले आइतबार राति करिब १०ः३० बजे बर्दघाट नगरपालिका-११ गैडहा स्थित भित्री सडक खण्डमा बाटो छेउमा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध सामान फेला परेको हो । 

    images
    images
    images

    बरामद गरिएका सामानको अनुमानित मूल्य २७ लाख १९ हजार ९ सय ८४ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद सामानमध्ये मोबाइलमा प्रयोग हुने टेम्पर ग्लास ४७ कार्टुन (२३ हजार ५ सय थान) तथा हुक्कामा प्रयोग गरिने फ्लेवर ३२ कार्टुन (९ सय ८४ प्याकेट) रहेका छन् ।

    images
    images
    images

    प्रहरीले उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको जनाएको छ । सामान कसले र कुन उद्देश्यले त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    WhatsApp Image 2026-06-22 at 10.42.27.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अबैध सामान
  • # नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।