Logo

२०८३, श्रावण २७गते


images
images

जिल्ला समन्वय प्रमुखमा पराजित शाहिद्वारा वडासदस्य पदबाट राजिनामा

जिल्ला समन्वय प्रमुखमा पराजित शाहिद्वारा वडासदस्य पदबाट राजिनामा

images
  • सेतोमसी सहकर्मी
  • जिल्ला समन्वय प्रमुखमा पराजित शाहिद्वारा वडासदस्य पदबाट राजिनामा
    images
    images

    प्रकाश न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट वडा नं. ९ बाट वडा सदस्यमा निर्वाचित बालिन्द्र बिक्रम शाहीले नैतिकताका आधारमा राजिनामा दिएका छन् । 

    images
    images
    images

    बर्दघाट नगरपालिका वडा न.९ को वडा सदस्य भई जिल्ला समन्वय समिति प्रमुख पदमा निर्वाचन लडेका शाहीले  निर्वाचनमा पराजय भए पछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । 

    images
    images
    images

    जिल्ला समन्वय समितिमा कुल १४ मत रहेको र नेपाली कांग्रेस पार्टीले आफुलाई सर्वसम्मत टिकट दिई उम्मेदवार बनाएको अवस्थामा नेपाली कांग्रेस र नेकपा माअओबादी केन्द्र समेतको गठबन्धनको ८ मत हुँदा समेत पराजय बेहोर्नु परेकोमा उनले दु:ख व्यक्त गरेका छन्  । 

    images
    images
    images

    आफुले पार्टीको नीति र विधि बिपरित मतदान गर्नेलाई छानबिन गरी कारवाहीको माग गर्दै पार्टीको जिल्ला अनुशासन समितिलाई उजुरी दिएपनि कुनै सुनुवाइ नभएको र चित्त बुझ्दो जबाफ दिन नपाएको गुनासो समेत गरेका छन् ।  उनले राजीनामा पत्रमा लेखेका छन्  -"जनताबाट प्रत्यक्ष निर्बाचित जनप्रतिनिधिहरूमा नै राजनीतिक नैतिकता नदेखीएको परिस्थितिमा म वडा सदस्य पदमा बस्न मेरो नैतिकताले नदिने महसुस गर्दै यो राजिनामा पेश गर्दछु l"
     
    शाहीको राजिनामा आएको बताउदै बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले कानुनी रुपमा बुझेर मात्र राजिनामा स्वीकृत गर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।