Logo

२०८३, श्रावण २७गते


images
images

पश्चिम नवलपरासीमा गोलि चल्यो 

पश्चिम नवलपरासीमा गोलि चल्यो 

images
  • पश्चिम नवलपरासीमा गोलि चल्यो 
    images
    images

    प्रकाश न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिनदाहादै आज गोली चलेको छ।

    images
    images
    images

    घरायसी अंश बिवादका कारण गोलि चलेको बताइएको छ । सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका हुन्। पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए।

    images
    images
    images

    सुरुमा गोली प्रहार गरेको देखेकी रोशनी आतिदैं भागेपछि पुन: प्रहार गरेको गोलीबाट उनी बचेकी हुन्। नवलपरासी जिल्ला अदालतदेखि करिब ५० मिटरको दुरीमा रहेको व्यस्त सडकमा गोली गोलि चलेको हो । हर्षरामका बाबुका दुई भाई हुन्। 

    images
    images
    images

    सन्तानविहिन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनशायका साथ हर्षरामले गोली हानेको आफन्तहरुले बताएका छन्। दुई अंश लगाएर सोमबार अदालतमा मिलापत्र जाने क्रममा हर्षरामले काकीमाथि गोली प्रहार गरेका हुन्। घटनास्थलबाट प्रहरीले १ थान गोलीको खोका बरामद गरेको छ।

    गोली प्रहार गर्ने हर्षरामको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।