Logo

२०८३, श्रावण २७गते


images
images

समृद्ध समुदायको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन

समृद्ध समुदायको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन

images
  • समृद्ध समुदायको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन
    images
    images

     रुपन्देही  । देवदह-१ स्थित लक्ष्मी सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समृद्ध समुदाय विकास केन्द्रद्वारा संचालित 'पास' परियोजना अन्तर्गतको युवाहरुको पास समूहको आयोजना तथा नेपाल स्वमसेवी रक्तदाता समाज रुपन्देही, नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा र रक्त संचार केन्द्र बुटवलको  प्राविधिक सहयोगमा बृहद रक्तदान कार्यक्रम सम्पन्न  भएको हो ।

    images
    images
    images

    पास समूह न. १ का कार्यक्रम संयोजक अब्दुल मुस्ताफाको सभाध्यक्षता, देवदह वडा १ का वडा अध्यक्ष दीपक नेपाल को प्रमुख आतिथ्यता र नेपाल स्वमसेवी रक्तदाता समाजका केन्द्रीय महासचिब एब रुपन्देही जिल्ला शाखा अध्यक्ष कृष्ण चौहान क्षेत्रीको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    रक्तदान कार्यक्रममा १४  नयाँ रक्तदाताहरु र १६ पुराना रक्तदाता गरि जम्मा ३० जनाले रक्तदान गरेका थिए ।

    images
    images
    images

    युवाहरुले स्वतस्फूर्तरुपमा रक्तदानजस्तो महान अभियानमा रुची देखाउनु र कार्यक्रम संचालन गर्नु उदाहरणीय कार्य रहेको स्वमसेवी रक्तदाता समाजका केद्रीय महासचिब चौहानको भनाइ रहेको थियो । 

    सदैब सामाजिक रुपमा पिछडिएका भनिने वडा १ का युवाहरुमा आएको उर्जाशिलता, समाजप्रतिको जवाफदेहिता र अग्रसरताले पास परियोजना र समृद्ध समुदाय विकासकेन्द्रले संचालन गरेका योजनाहरुका मुर्त परिवर्तनहरुको अनुभूति भएकोले नै रक्तदान कार्यक्रमनै  वडा न १ का युवाहरुलेनै व्यवस्थापन गर्दै आयोजना गर्नु गौरवको बिसय रहेको भनाइ प्रमुख अतिथि नेपालको रहेको थियो । 

    कार्यक्रमको संचालन समृद्ध समुदाय विकास केन्द्रका व्यवस्थापक युबराज चापागाईंको  गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रक्तदान कार्यक्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।