देवदह । देवदहमा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ। आज नेपाल विद्यार्थी संघ देवदह आदर्श बहुमुखी क्याम्पसको आयोजना तथा देवदह उद्योग वाणिज्य संघ, देवदह जेसीस र नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाको सह-आयोजना रहेको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको आयोजक सदस्य सुरज बस्यालले जानकारी दिए।
नेपाली कांग्रेस रुपन्देही जिल्ला सहसचिब वासुदेव रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा नेपाल रेडक्रस सोसाइटि जिल्ला उप सभापति मित्रलाल न्यौपाने, देवदह उद्योग बाणिज्य सघंका अध्यक्ष हरि भण्डारी, देवदह जेसिजका अध्यक्ष दुर्गा दाहाल, नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्ण न्यौपाने, रक्त संचार सेवा केन्द्र बुटवलका संचालक समिति सदस्य, गोपाल प्रसाद ढकाल, क्याम्पसका सहायक क्याम्पस प्रमुख जय किशन अधिकारी, स्वबियु सभापति अर्जुन गैरे, नेपाली कांग्रेस देवदह नगर सभापति गुणाखर भुर्तेल, नगर सचिबद्वय नेत्र रिजाल र गणेश तिमिल्सेना लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम नेविसंघ क्याम्पस मूल इकाई सभापति देबि प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology