तिलाेत्तमा । स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलाेत्तमा १-४ अन्तर्गत हरियाली वन संरक्षण महिला उपसमुह र नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको संयुक्त आयोजना तथा जागृति युवा क्लबकाे सहकार्यमा तिलोत्तमा २ तपाहामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
५० जनाले रक्तदान गरेको कार्यक्रम हरियाली वन संरक्षण महिला उपसमुहकि अध्यक्ष गीता वश्यालकाे अध्यक्षता तथा शंकरनगर सामुदायिक वन तिलाेत्तमा १-४ का अध्यक्ष रविन्द्र वस्नेतकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । वस्नेतले रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमकाे उदघाटन गर्दै हरेक स्वस्थ युवाले नियमित रक्तदान गर्नुपर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा तिलाेत्तमा वडा नं. २ का वडाध्यक्ष डिलबहादुर भट्टराई, कार्यपालिका सदस्य सावित्रा आचार्य, जनप्रतिनिधिहरु डाेलबहादुर थापा, खेमराज पाठक, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चाैहान क्षेत्री, तिलाेत्तमा शाखाका अध्यक्ष गाेविन्द भुसाल, सल्लाहकार टेकबहादुर थापा, अर्जुनप्रसाद पाैडेल, वनका उपाध्यक्ष कमला ज्ञवाली, काेषाध्यक्ष भुवन आचार्य, जागृति युवा क्लबका अध्यक्ष विदुर के.सी., मिलिजुली आमा समुहका अध्यक्ष दिना चन्द, जागृति टाेल विकास संस्थाका का.वा. अध्यक्ष हिमलाल वश्याल, फाेहाेरमैला व्यवस्थापन समिति वडा नं. २ का अध्यक्ष इन्द्रमणी अर्याल, समाजसेवी डाेरबहादुर खड्का, नारायणप्रसाद भुसाल, डाेरबहादुर पुन, मिनप्रसाद देवकाेटा, तिर्थ पाैड्याल, पार्वती थापा, बशुन्धरा पाण्डे, हर्कबहादुर टण्डन, विष्णु आचार्य लगायतको आतिथ्यता रहेको थियाे ।
उक्त कार्यक्रमका अतिथिले बाेल्दै रक्तदान जस्तो पवित्र दान जीवनमा अरु केही हुन नसक्ने भएकाले यस्तो कार्यमा सदैब लाग्नुपर्नेमा जाेड दिएका थिए ।
प्रथम पटक रक्तदान गरिरहेका महिलाकाे उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न भएकाे थियाे ।
कार्यक्रमका संयाेजक एवम् महिला उपसमुहका मेनुका थापाको स्वागत तथा निरा वस्यालकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
महिला उपसमुहले आफ्नो वार्षिक कार्यतालिकाअनुसार रक्तदान कार्यक्रम आयाेजना गरेकाे हाे । त्यस्तै तिलाेत्तमा शाखाले यससँगै ३६ ओैँ नियमित श्रृङखला सम्पन्न गरेको शाखाका उपाध्यक्ष अञ्जु पाैडेलले बताएकी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology