गुल्मी । अनेरास्ववियु गुल्मी जिल्ला क्षेत्र न.१ कमिटीले रुरुक्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गर्नेभएको छ। नेकपा एमालेका स्थानीय नेता स्व. पदमलाल श्रेष्ठको सम्झनामा कमिटीले नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीसङ्ग सहकार्य गरि रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो।
रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सार बजारमा रहेको वडा न.४ को वडा कार्यालय अगाडीको प्राङ्गणमा कार्तिक २८ गते हुने कार्यक्रम संयोजक रन्जित ज्ञवालीले जानकारी दिए।
श्रेष्ठ नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न.५ का अध्यक्ष समेत रहेका थिए। वि.स २०३८ सालको पुष ५ गते जन्मिएका श्रेष्ठको निधन वि.स २०८० कार्तिक १६ गते भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology