देवदह । देवदहमा आयोजित रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको छ । सहिद दुर्गा तिवारीको स्मृतिमा सहिद दुर्गा वसन्त स्मृती प्रतिष्ठानद्वारा आयोजित रक्तदान कार्यक्रममा १६ जना नयाँ रक्तदाता सहित ५८ जनाले रक्तदान गरेको सहजकर्ता पवन पौडेलले जानकारी दिए ।
बुधबार देवदहको शितलनगरस्थित मदन आश्रित पार्कमा आयोजित उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्नेमध्ये २७ प्रतिशत नयाँ रक्तदाता रहेको र उनीहरूले पहिलो पटक रक्तदान गरेको आयोजकले जनाएको छ ।
रक्तदान कार्यक्रममा देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे लगायत स्व. दुर्गा तिवारीका परिवारजनको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा लायन्स क्लब अफ देवदह लगायतका संघसंस्थाले सहयोग गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology