बुटवल । DOS मल्टी सर्भिसेसले संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । जेनजी आन्दोलनमा घाइतेहरु,वर्षात मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले देशभरिमा भएको उच्च रक्त अभावको अवस्थालाई मध्यनजर गर्दै रगतको अभाव नहोस भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक छबिलाल डुम्रेले जानकारी दिए ।
कार्यक्रममा DOS मा अध्ययनरत विद्यार्थी र कर्मचारीले रक्तदान गरेका थिए । नेपाल रक्तदाता समाज रुपन्देहीको प्राविधिक सहयोगमा ५५ पिन्ट रगत सङ्कलन भएको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष सुन्दर पाण्डेय, रक्तदान अधियान्ता कृष्ण चौहान क्षेत्री, शिक्षक तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology