Logo

२०८३, आश्विन ९गते


images
images

लोकसेवा विशेष

नेपालको पहिलो साईबर सुरक्षा सम्बन्धि नीति कहिले स्वीकृत भयो ? (सहित १० प्रश्न)

नेपालको पहिलो साईबर सुरक्षा सम्बन्धि नीति कहिले स्वीकृत भयो ? (सहित १० प्रश्न)

images
  • नेपालको पहिलो साईबर सुरक्षा सम्बन्धि नीति कहिले स्वीकृत भयो ? (सहित १० प्रश्न)
    images
    images

    (सम्पादकीय नोट : लोकसेवा आयोग लगायत विभिन्न सरकारी सेवाका परिक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई पठन सामग्रीको रूपमा सेतोमसीले साप्ताहिक रूपमा 'लोकसेवा विशेष १० प्रश्न' स्तम्भ सुरू गरेको छ। स्तम्भकार प्रदिप गौतमसंगको सहकार्यमा हरेक हप्ताको बिहिबार हामीले स्तम्भ प्रकाशन गर्नेछौं ।)

    images
    images
    images

     १.  नवौं विश्वकप महिला फुटबल २०२३ कुन देशले जितेको हो ?
    (क) स्पेन   
    (ख) इटाली   
    (ग) अर्जेन्टिना 
    (घ) जर्मनी 

    images
    images
    images

    २.  नेपालको पहिलो साईबर सुरक्षा सम्बन्धि नीति कहिले स्वीकृत भयो ?
    (क) वि. सं २०७९ असार २०   
    (ख) साउन २३ वि. सं २०८० साउन २३   
    (ग) वि. सं २०८० जेठ १९   
    (घ) वि. सं २०८० साउन १ 

    images
    images
    images

    ३. नेटोको हालसम्मको कान्छो सदस्य कुन हो ?
    (क) फिनल्याण्ड   
    (ख) नर्वे   
    (ग) भारत   
    (घ) जापान 

    ४.  नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कहिलेदेखि लागु हुने गरि श्रमिकको न्यूनतम पारिश्रमिक रु.१७,३०० बनायो ?
    (क) वि.सं. २०७० साउन १ देखि लागु हुने गरि   
    (ख) वि.सं. २०६९ साउन १ देखि लागु हुने गरि   
    (ग) वि.सं. २०७९ साउन १ देखि लागु हुने गरि   
    (घ)  वि.सं. २०८० साउन १ देखि लागु हुने गरि

    ५. भारतद्वारा चन्द्रयान-३ को प्रक्षेपण कहिले गरिएको हो ?
    (क)  सन् २०२३ जुलाई १४   
    (ख) सन् २०२३ जनवरी २१   
    (ग) सन् २०२२ जुलाई १   
    (घ) सन् २०२३ जुलाई १४

    ६.  नेपालमा पहिलो पटक औपचारिक बजेट कहिले प्रस्तुत भएको थियो ?
    (क) वि.सं. २००७ माघ १   
    (ख) वि.सं. २००८ माघ १   
    (ग)  वि.सं. २००८ माघ २१   
    (घ) वि.सं. २०१० बैशाख ११

    ७.  सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो ?
    (क) शनि   
    (ख) मंगल   
    (ग) बृहस्पति   
    (घ) शुक्र 

    ८.  जाखिरा ताल कहाँ पर्दछ ?
    (क) कपिलबस्तु   
    (ख) नवलपरासी   
    (ग) पाल्पा   
    (घ) मोरङ
     
    ९.  सबैभन्दा सानो राष्ट्रिय निकुन्ज कुन हो ?
    (क) रारा राष्ट्रिय निकुन्ज   
    (ख) चितवन राष्ट्रिय निकुन्ज   
    (ग)  बर्दिया राष्ट्रिय निकुन्ज   
    (घ) शे-फोक्सुन्डो राष्ट्रिय निकुन्ज

    १०. कृष्णगण्डकी भनेर कुन नदिलाई चिन्ने गरिन्छ ?
    (क) नारायणी   
    (ख) कालिगण्डकी   
    (ग) महाकाली 
    (घ) कोसी

    उत्तरहरू :
    १. बिजेता : स्पेन, उपबिजेता : इंग्ल्याण्ड
    २. वि. सं. २०८० साउन २३
    ३. फिनल्याण्ड (२०२३ अप्रिल ४ मा)
    ४. वि.सं. २०८० साउन १ देखि लागु हुने गरि
    ५. सन् २०२३ जुलाई १४
    ६. वि.सं. २००८ माघ २१
    ७. शनि
    ८. कपिलबस्तु
    ९. रारा राष्ट्रिय निकुन्ज (१०६ वर्ग कि.मि)
    १०. कालिगण्डकी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।