गुल्मी । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र मुसिकाेट युवा क्लबकाे आयाेजनामा गुल्मी मुसिकाेटमा शनिबार सम्पन्न बृहत् रक्तदान कार्यक्रममा ११३ पिन्ट रगत संकलन भएकाे छ ।
बुटवलमा रगत अभाव भइरहेको परिप्रेक्ष्यमा गुल्मीमा कार्यक्रमकाे आयाेजना गरिएको हाे । कार्यक्रमका प्रमुख अतिथि मुसिकाेट नगरपालिकाका नगर प्रमुख जीवन खरेलले कार्यक्रमकाे उद्घाटन गर्दै रक्तदान जस्तो पवित्र दान जीवनमा अरु केही हुन नसक्ने भएकाले यस्तो कार्यमा सदैब लाग्नुपर्नेमा जाेड दिएका थिए । धेरैजसो प्रथम पटक रक्तदान गरिरहेका रक्तदाता र ३० जना भन्दा बढी महिलाले रक्तदान गरेको उक्त कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा रुपन्देही जिल्ला अध्यक्ष कृष्ण चाैहान क्षेत्री, जिल्ला समन्वय समिति गुल्मीका सदस्य सावित्रा पाण्डे भण्डारी मुसिकाेट नगरपालिकाका उपप्रमुख गंगा श्रेष्ठ लगायतको विशिष्ट आतिथ्यता रहेको थियाे ।
कार्यक्रम मुसिकाेट युवा क्लबका अध्यक्ष बसन्त अधिकारीकाे अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अनुप पाण्डेको स्वागत तथा महासचिव विष्णु आचार्यको सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology