देवदह । रुपन्देहीको देवदहमा संचालित सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सव २०७९ ले आयोजना गरेको विज्ञान प्रदर्शनीमा स्थानीय केरवानी माध्यमिक विद्यालय प्रथम भएको छ । १० वर्षपछिको देवदह कस्तो हुने भन्ने खालको ग्रीन स्मार्ट सिटिको प्रोजेक्ट बनाएको केरवानी माविले सर्वाधिक ७५ नम्बर प्राप्त गरेर प्रथम भएको छ।
त्यसैगरी देवदह कै सगरमाथा आवासिय माध्यमिक विद्यालय प्रतियोगितामा दोस्रो भएको छ ग्रिन सिटीकै प्रोजेक्ट बनाएको सगरमाथा माविले ७३ नम्बर प्राप्त गरेर दोस्रो भएको हो । त्यसैगरी देवदह माध्यमिक विद्यालय र महामाया भवानी माद्यामिक विद्यालय प्रतिस्पर्धामा तेस्रो भएका छन् । दुवै विद्यालयले समान ७१/७१ नम्बर प्राप्त गरेपछि दुवै विद्यालयलाई तेस्रो बनाईएको मेलाका शिक्षा उपसमिति संयोजक सीबी थापाले जानकारी दिए। प्रतियोगितामा देवदह माविले मिसाइल तथा क्षेप्यास्त्रको प्रोजेक्ट बनाएको थियो भने महामाया भवानी माविले सेन्सर टेक्नोलोजीसंग सम्बन्धित प्रोजेक्ट तयार गरेको थियो।
विज्ञान प्रदर्शनीको निर्णायकमा शिक्षकहरू गंगालाल प्रधान, उमाकान्त अधिकारी र सिवि थापा रहेका थिए।
विज्ञान प्रदर्शनीमा सामुदायिक र संस्थागत विद्यालय गरी नौवटा विद्यालयले सहभागिता जनाएका थिए । कक्षा ९ र १० का विद्यार्थीले बनाएका केवलकार, रकेट, मन्दिर, पहाड, दूरबिनलगायत विभिन्न सामग्रीलाई अवलोकनमा गएका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीले निकै रुचि दिएर हेरेका थिए ।
विद्यार्थीले तयार गरेका विज्ञान प्रदर्शनी अवलोकनका लागि महोत्सवको अन्तिम दिनसम्म स्टलमै रहने आयोजकले जनाएको छ।
हेर्नुहोस तस्वीरहरू:




Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology