Logo

२०८३, श्रावण २७गते


images
images

बुद्ध पब्लिककी टीना फौजाले जितिन् देवदह डान्सिङ आइडल-२०८२ को उपाधि

बुद्ध पब्लिककी टीना फौजाले जितिन् देवदह डान्सिङ आइडल-२०८२ को उपाधि

images
  • बुद्ध पब्लिककी टीना फौजाले जितिन् देवदह डान्सिङ आइडल-२०८२ को उपाधि
    images
    images

    देवदह । दशौं देवदह महोत्सवमा आयोजित देवदह डान्सिङ आइडल-२०८२ को उपाधि टीना फौजा मगरले जितेकी छन । मंगलबार बेलुका सार्वजनिक भएको नतिजा अनुसार देवदहस्थित बुद्ध पब्लिक मन्टेश्वरीकी छात्रा टीना फौजा मागरले प्रथम स्थान हासिल गरेको आइडल संयोजक विश्व गुरुङले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगितामा कृति अर्याल द्धितिय र बन्दना थापा तृतीय भएका छन् । सिमरन पाण्डे र जेनिशा बराल उत्कृष्ट पाँचमा पर्न सफल भएको मेला मूल आयोजक समिति संयोजक गणेश कुमार खातीले जानकारी दिए ।  

    images
    images
    images

    आइडलको अडिसन चरणबाट १५ जना प्रतियोगी छनोट भएका थिए  । निर्णायक र दर्शकको भोटको आधारमा नतिजा निकालिएको मेलाका सांस्कृतिक सल्लाहकार तेजु अर्यालले बताएका छन । 

    images
    images
    images

    आइडलमा प्रथम, द्धितिय र तृतीयलाई नगदसहित शिल्ड र मेडलले सम्मान गरिएको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।