Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सव

अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा न्यु नमूना प्रथम

अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा न्यु नमूना प्रथम

images
  • अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा न्यु नमूना प्रथम
    images
    images

    देवदह । दशौँ देवदह महोत्सवमा आयोजित अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा न्यु नमूना इंलिश बोर्डिंङ्ग स्कुल प्रथम भएको छ । प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गर्दै न्यू नमूना प्रथम भएको 'निर्णायक संयोजक' नृत्य निर्देशक संघ लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालय द्वितीय, देवदह इंलिश बोर्डिंङ्ग स्कुल तृतीय तथा देवदह बुद्ध पब्लिक मन्टेश्वरी सान्त्वना भएको प्रतियोगिता संयोजक विश्व गुरुङले बताए । 

    images
    images
    images

    प्रतियोगितामा देवदहका आठ वटा विद्यालयले सहभागिता जनाएका थिए । 

    images
    images
    images

    विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराईले बताए ।  

    _DSC4989.jpg

    प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, ट्रफी र प्रमाण पत्रले पुरस्कृत गरिएको मेलाका पुरस्कार तथा प्रमाण पत्र व्यवस्थापन समिति संयोजक धनबहादुर पुंवरले जानकारी दिए । 

    माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    देवदह महोत्सव न्यु नमुना.jpg

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।