Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सवको तयारी अन्तिम चरणमा, आयोजक र देवदह नगरपालिकाबीच छलफल

देवदह महोत्सवको तयारी अन्तिम चरणमा, आयोजक र देवदह नगरपालिकाबीच छलफल

images
  • देवदह महोत्सवको तयारी अन्तिम चरणमा, आयोजक र देवदह नगरपालिकाबीच छलफल
    images
    images

    देवदह ।  सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७९ मूल आयोजक समूह र देवदह नगरपालिकाबीच मेला संचालन र तयारीबारे छलफल सम्पन्न भएको छ । सोमबार मेला आयोजक संस्था उद्योग व्यापार संघका पदाधिकारी र नगर प्रमुख सहित नगरपालिका कार्यपालिका सदस्यहरूबीच नगरपालिकामा छलफल भएको हो । 

    images
    images
    images

    छलफलमा बोल्दै मेला मूल आयोजक समिति संयोजक मेघराज ढकालले मेलाको औचित्य, तयारी आकर्षणबारे प्रष्ट पारेका थिए भने नगरप्रमुख धुर्ब प्रसाद खरेलले देवदहमा संचालन हुने मेलालाई नगरपालिका कार्यालयको आवश्यक सहयोग रहने बताउंदै मेला सफलताको शुभकामना व्यक्त गरेका थिए। 

    images
    images
    images

    छलफलमा नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, १२ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यसंगै मेलाका संघसस्था तथा राजनीतिक दल उपसमिति संयोजक मोतीलाल ढकाल, सुरक्षा उपसमिति संयोजक गणेश खाती, देवदह व्यापार संघ देवदहका अध्यक्ष कोष बहादुर गुरुङ, उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरि भण्डारी लगायतको उपस्थिति रहेको थियो। 

    images
    images
    images

    माघ २६ देखि फागुन १० गतेसम्म देवदह मण्डप घोडाहामा संचालन हुने सातौ देवदह महोत्सवमा देवदह नगरपालिका सहआयोजक रहेको छ।  मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।