देवदह । रुपन्देहीको देवदह नगरपालीकामा स्थापीत रोटरी क्लब अफ देवदहले ह्विलचियर वितरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी क्लबले देवदह र सुनवल नगरपालीकामा विशिष्ट क्षमता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गरेको हो ।
कार्यक्रममा देवदह नगर अस्पतालमा १ थान, देवदह ५ कलुवामा फरक क्षमता भएका व्यक्तिलाई १ थान र सुनवल ७ ज्यामीरेमा ३ थान गरी पाँच थान व्हिलच्यर वितरण गरिएको क्लवका अध्यक्ष पंगेनीले जानकारी दिए ।
उनले आफुहरुले यस सातालाई रोटरी ह्विलचियर वितरण साताको रुपमा मनाउने बताउदै थप ३ जनालाई पनि यसै साताभित्र ह्विलचियर उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरेका छन् । फरक क्षमता भएका व्यक्तिहरु जसमध्य ह्विलचियरको अभावमा दैनिक जिवनयापन समेत गर्न कठिनाई भएको र आर्थिक रुपमा समेत कमजोर अवस्थामा रहेका व्यक्तिहरुलाई ह्विलचियर वितरण गरेको उनको भनाई छ ।
ह्विलचियर बितरण कार्यक्रममा बोल्दै देवदह नगरपालीकाका प्रवक्ता एव कार्यक्रमका प्रमुख अतिथी गणेश डुम्रेले समाजमा स्थापित विभिन्न स्थानीय तथा अन्तराष्ट्रिय क्लबहरूले गरेका सामाजीक कार्यको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । उनले समाजमा स्थापीत भएका क्लबहरुले हाम्रो पनि दायीत्व भन्ने भावनालाई मनन गर्दै गर्ने सामाजीक कार्यक्रमले समाजमा सहयोगको भावनाको विकास गराउदै लैजानेमा जोड दिए ।
क्लवका पुर्व अध्यक्ष डम्मर बहादुर गुरुङ्गले आफुभन्दा माथि सेवा भन्ने पवित्र उद्धेश्य सहित स्थापना भएको रोटरी क्लव अफ देवदले समाजमा रहेर विभिन्न फरक र विशिष्ट क्षमता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको बताए । उनले बिगत ५ बर्ष देखी रोटरी क्लव अफ देवदहले समाजमा रहेर विभिन्न सामाजीक उत्तरदायीत्व बहन गर्दै समाजमा स्वार्थ भन्दा माथी उठेर सेवा गर्दै आएको बताउनु भयो । कार्यक्रमको संचालन क्लवका सचिव डोलराज न्यौपानेले गरेका थिए ।
रोटरी क्लव अफ देवदहका अध्यक्ष सचिन पंगेनीको अध्यक्षतामा भएको व्हिल च्यर वितरण कार्यक्रममा पाँच जनालाई ह्विलचियर वितरण गरिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology