Logo

२०८३, श्रावण २७गते


images
images

घरदैलोमा बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्यबारे किन बढी चासो राख्छन घनश्याम ?

घरदैलोमा बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्यबारे किन बढी चासो राख्छन घनश्याम ?

images
  • घरदैलोमा बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्यबारे किन बढी चासो राख्छन घनश्याम ?
    images
    images

    रुपन्देही । कार्तिकको अन्तिम साता जाडो बढ्दैछ । विहानीपख बाक्लो कुहिरोले बस्ती ढपक्कै ढाकेको छ । थोरै परको बस्तु पनि ठम्याउन मुस्किलपर्छ । तर मौसम चिसिएपनि निर्वाचनको माहोल दिनानुदिन तात्दैछ । राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारहरू विहान सबेरैदेखि राती अवेरसम्म मतदाता भेटघाटमा व्यस्त छन्। सबै उम्मेदवारलाई आफ्ना चुनावी एजेन्डा र विचारहरू मतदातामाझ पुर्याउन भ्याइनभ्याइछ ।

    images
    images
    images

    यसैविच संचारकर्मीको एउटा समूह मंगलबार विहान रुपन्देही क्षेत्र न १ का सत्तारूढ गठबन्धनका दलहरूको चुनावी घरदैलो अबलोकन गर्न रोहीणी गाउँपालिकाका भित्री वस्तीहरूमा पुग्यो । ती वस्तीहरूमा गठबन्धनबाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल र प्रदेश सभा सदस्य पदका उम्मेदवार विश्वनाथ यादव मतदाताहरू समक्ष भोटको लागी अपिल गर्दैथिए । बौद्धिक नेताको छवी बनाएका नेता भुसालले मतदातासँग कसरी मत माग्छन र उनी कसरी प्रस्तुत हुन्छन भन्नेमा हाम्रो चासो थियो। त्यसैले हामीले हाम्रो नजर र क्यामराको लेन्स दुबैले भुसाललाई निगरानी गरिराख्यौ ।

    images
    images
    images

    घरदैलोमा घनश्यामको ध्यान बालबालिकामा बढी जान्थ्यो। उनले निकै परका नानीबाबुहरूलाई पनि नमस्कार गर्दैथिए। छतमा उभिएर उनलाई हेरिरहेका नानीहरूलाई हात हल्लाउदै उनी भन्थे, 'छोरी नमस्कार, सन्चैछौ ? पढाइ कस्तो छ ?' निकै पटक बालबच्चाहरूको स्वास्थ्य र शिक्षाबारे चासो राखेका उनलाई प्रश्न गरियो, 'मतदाताभन्दा बालबालिकाप्रति बढी लगाब किन ? 'पत्रकारको जिज्ञासामा उनले शिक्षाले नै समाज बदल्न सक्ने भएकोले स-साना बालबालिकाको शिक्षा-स्वास्थ्यबारे आफु बढी चिन्तित हुने बताए । उनले थपे, 'बालवालिकाको शिक्षा, युवाहरूको उद्यम-रोजगार र जेष्ठ नागरिकको स्वास्थ्यबारे मा अलि बढी नै घोत्लिने गर्छु।'

    images
    images
    images

    निरन्तरको घरदैलोले थकित जस्ता देखिएका भुसालले उत्साहित हुँदै भने, 'हेर्नुस संबिधानले नै शिक्षा, स्वास्थ्य निशुल्क गरेको छ। अब त्यसलाई कार्यान्वन गर्न जरुरी छ। कक्षा १२ सम्मको शिक्षा निशुल्क र अनिवार्य हुनुपर्छ र गरिन्छ। मैले यो भन्नका लागी मात्र भनेको छैन । रुपन्देही-१ बाट मैले त्यो लागु गरेर देखाउछु। त्यसको लागि कहाँकहाँ बोल्नुपर्छ, केके गरेर स्रोत व्यवस्थापन गर्नुपर्छ त्यो म गर्छु।' उनले थपे, 'हामीले यसका अलावा अन्य १० योजना शिक्षा सुधारको लागी अघि सारेका छौ। त्यसले हामीलाई शिक्षा क्षेत्रमा निकै माथि उठाउन सक्छ भन्ने मलाइ विश्वास छ ।'

    त्यसो त उनी भेटेजतिलाई आफ्नो परिचय सहित नमस्कार गर्दै थिए। तर, उनले आफुलाई मतदान गर्न भने विरलै अनुरोध गरे। बृद्धबृद्धाको स्वास्थ्यबारे चासो राख्ने उनी युवाहरूलाई भने के गर्दैहुनुहुन्छ भनेर सोधिरहेका हुन्थे । उनी चुनावी घरदैलोमा छन् तर उनको कुराकानी र प्रस्तुती देख्दा यस्तो लाग्छ, 'उनी भोट माग्न होइन, छिमेकीको हालखबर बुझ्न हिडेका छन्।

    रुपन्देही-१ मा शिक्षा र स्वास्थ्य क्षेत्रमा के गर्न चाहान्छन घनश्याम ?

    घनश्याम भुसाल र उनको टिमले रुपन्देही-१ मा देशका मात्रै नभएर विदेशका विद्यार्थीसमेत अध्ययनको लागि आउने गरि यहाँको शिक्षा क्षेत्रको विकास गर्न देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार निर्माण कार्य सम्पन्न गरि बौद्धदर्शनको अध्ययन र अनुसन्धानका लागि महत्वपुर्ण विश्वविद्यालयको रुपमा विकास गर्ने बताएका छन् ।

    उनको घोषणा पत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयलाई देवदह क्षेत्रमा सञ्चालन गरिने र बौद्धकालीन अध्ययन अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख छ। साथै उनले बुद्ध मावलीको रुपमा देवदहलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न पहल गर्ने बताउदै आएका छन्। त्यसो हुन सके देवदह र आसपासको क्षेत्रको विकासमा महत्वपुर्ण कोशेढुंगा थपिने उनको भनाइ छ।

    देवदहमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पस र तिलोत्तमा रहेको पशुपति कलेजमा स्नातकोत्तर तह सञ्चालन गर्ने प्रतिबध्दतामा उल्लेख छ भने राम नरेश आदर्श माध्यमिक विद्यालय परिसरमा स्नातक तहको क्याम्पस स्थापना र सञ्चालन गराइने योजना भुसालले अघि सारेका छन् । शिक्षा क्षेत्रका १० योजना अन्तरगत क्षेत्रगत रुपमा प्रविधिक शिक्षा स्थापना र सञ्चालन गराइनेछ उल्लेख गरेका उनले क्षेत्रभित्र रहेका विद्यालयहरूमा शैक्षिक गुणस्तर कायम गर्ने, विद्यालयलाई स्विकृति दिलाई आवश्यक पर्ने शिक्षक दरबन्दीको व्यवस्था गर्ने नीति बनाउन पहल गर्ने बताउदै आएका छन् । गुणस्तरीय शिक्षाका लागि प्रविधियुक्त शिक्षण सामाग्री तथा पुस्तकालयको निर्माण गरिने बताएका भुसालले दक्ष शैक्षिक जनशक्तिका लागि शैक्षिक तालिम र पुरस्कारको व्यवस्था गरिने, प्रत्येक विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था र १२ कक्षासम्मको शिक्षा निःशुल्क गराउने उल्लेख छ। शिक्षा क्षेत्रलाई बालमैत्री तथा परिसरहरू अपाङ्ग मैत्री बनाउनेमा जोड दिएको भुसाल नेतृत्व गठबन्धन प्यानलले प्रत्येक वडाका माध्यमिक विद्यालयमा कुनै एक प्राविधिक विषयमा शीप हासिल हुने कोर्स सञ्चालनका लागि विशेष जोड दिने जनाएको छ ।

    त्यसैगरी भुसालले ५ बर्षमा स्वास्थ्य क्षेत्रमा गर्ने आफ्ना ५ प्रतिबद्दता सार्वजनिक गरेका छन्। उनले भने, ' हामीले ५ बर्षमा स्वास्थ्य क्षेत्रमा कम्तिमा ५ वटा काम गर्ने भनेका छौ जसमा प्रत्येक पालिकामा अत्याधुनिक प्रविधि र स्तरीय सेवासहितको अस्पताल निर्माण गर्ने र प्रत्येक वार्डमा स्वास्थ्य चौकी स्थापना गरी प्राविधिक जनशक्तिको व्यवस्था र नियमित औषधि सेवा उपलब्ध गराउने कुरा प्राथमिकतामा छन्।' उनले तिलोत्तमा १७ वि.पी. ग्राममा स्थापना भएको अस्पताललाई यथाशीघ्र सञ्चालनमा ल्याउने, स्वास्थ्य बीमालाई सरल र सुलभ बनाउने, आयुर्वेदिक अस्पताल स्थापना गरी प्राकृतिक चिकित्सा र योग शिक्षा सञ्चालन गरिने लगायतका योजना आफ्नो प्रतिबद्दतापत्रमा उल्लेख गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।