Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रपतिसमक्ष माधव नेपालको प्रश्न– 'म यहीँ छु, मेरो हस्ताक्षर कसरी पहिल्यै आयो ?'

राष्ट्रपतिसमक्ष माधव नेपालको प्रश्न– 'म यहीँ छु, मेरो हस्ताक्षर कसरी पहिल्यै आयो ?'

images
  • राष्ट्रपतिसमक्ष माधव नेपालको प्रश्न– 'म यहीँ छु, मेरो हस्ताक्षर कसरी पहिल्यै आयो ?'
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री ओलीले आफ्नो हस्ताक्षर किर्ते गरेको बताएका छन् । राष्ट्रपति समक्ष प्रश्न गर्दै नेता नेपालले भनेका छन् - "म यहीँ छु, मेरो हस्ताक्षर कसरी पहिल्यै आयो ?"

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसंग बहुमत नभएको र आफुले संसदको विश्वासको मत लिन समेत नसक्ने लिखित पत्र राष्ट्रपतिलाई पठाएपछि राष्ट्रपतिले संसदमा बहुमत सदस्य पुर्याउन सक्ने संसद सदस्यलाई प्रधानमन्त्रीमा दावी गर्न अनुरोध सहित शुक्रवार साँझ ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिको सोही अनुरोध बमोजिम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र-बाबुराम पक्ष र एमालेको माधव पक्षका १ सय ४९ सांसदको हस्ताक्षर सहित राष्ट्रपति निवास पुगेका थिए ।  

    images
    images
    images

    यद्यपि एमाले नेता नेपाल सहित  देउवा राष्ट्रपति निवास पुग्दा उनीहरुभन्दा पहिले नै हालका प्रधानमन्त्रीले केपी शर्मा ओलीले माधव नेपालको हस्ताक्षर सहित आफुसंग बहुमत रहेको बताएपछि अवको राजनीति कसरी अगाडि बढ्छ भन्नेमा अन्यौलता देखिएको छ ।

    images
    images
    images

    राष्ट्रपति भण्डारीले यसबारे कानुन हेरेर अगाडि बढ्ने बताएको समाचारमा जनाइएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव कुमार नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।