Logo

२०८३, श्रावण २७गते


images
images

ललिता निवास प्रकरण

 सीआइबीको प्रतिवेदन : ४ पूर्वमन्त्री सहित २३८ जना प्रतिवादी, नेपाल र भट्टराई जोगिए

 सीआइबीको प्रतिवेदन : ४ पूर्वमन्त्री सहित २३८ जना प्रतिवादी, नेपाल र भट्टराई जोगिए

images
  •  सीआइबीको  प्रतिवेदन : ४ पूर्वमन्त्री सहित २३८ जना प्रतिवादी,  नेपाल र भट्टराई जोगिए
    images
    images

    काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३८ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएको छ । मंगलबार ब्युरोले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाउँदै सो राय दिएको हो ।

    images
    images
    images

    योजनाबद्ध सरकारी कागजात किर्ते गरेर ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिना गर्ने काममा संलग्न २३८ जनालाई प्रतिवादी बनाउन राय दिएको अनुसन्धानमा संलग्न रहेको उल्लेख गरिएको छ ।

    images
    images
    images

    जसअनुसार ‘सङ्गठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र पूर्व मुख्यसचिव लीलामणि पौड्याललाई प्रतिवादी नबनाउन प्रहरीले राय दिएको छ । यस्तै सञ्चार सचिव कृष्णबहादुर राउतलाई प्रतिवादी नबनाउन राय दिइएको छ ।

    images
    images
    images

    यस्तै पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ ।प्रहरीले ४०६ जना विरुद्ध पक्राउ अनुमति लिएको थियो । तर, चार वटा मुद्दामा एउटै आरोपित दोहोरिँदा प्रतिवादीको सङ्ख्या घटेको अनुसन्धान अधिकृतहरू बताउँछन् । ब्युरोका अनुसन्धान अधिकृतहरूले मुद्दा नम्बर २४, २५, २६ र २७ मा छुट्टाछुट्टै अनुसन्धान गरेका थिए ।

    ब्युरोले ५६ दिनसम्म अनुसन्धान गरेर मंगलबार सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो । अनुसन्धान अधिकृतहरूले ७ सय ७१ पृष्ठ लामो अनुसन्धान प्रतिवेदन बुझाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।