रुपन्देही । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललले प्रतिगमन कदमका विरुद्ध समाजवादी मोर्चा बनेको बताएका छन् । वामपन्थी, देशभक्त र लोकतान्त्रिक सबै शक्ति एकै ठाउँ उभिएर प्रतिगमन र अनुचित कदमका विरुद्ध एकताबद्ध भएर जनताको पक्षमा लाग्न मोर्चा बनेको उनले बताए ।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले संविधानको रक्षा र समाजवादी व्यवस्थाका लागि मोर्चा बनेको बताएका हुन । ‘प्रतिगमन र प्रतिगनकारी काम र अनुचित कदमका विरुद्ध बनेको मोर्चा हो’ नेपालले भने – ‘यसले समाजवादका मान्यता अनुसार अग्रगामी कार्यक्रम मार्फत सहकार्य गर्नेछ ।
अध्यक्ष नेपालले देश विकाससँगै वर्गिय जातीय, क्षेत्रीय, उत्पिडितहरुको मुक्ति, श्रम संस्क्कृती र आर्थिक समृद्धिको रुपान्तरणमा मोर्चाले काम गर्ने बताए । उनले अहिले मुलुकमा विचलौलिया, दलाल पूजीपतीहरु हावी भएकले देशमा आर्थिक संकट पैदा भएको टिप्पणी गरे । उनले मुलुकमा उत्पन्न राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक जस्त समस्याहरुको समाधानका लागि समेत मोर्चाले सातै प्रदेशमा मोर्चा निर्माण गर्नुपरेको बताए । उनले निर्वाचन परिणामले कुनै पनि दलको बहुमत नआएकाले सबै मिलेरै अघि बढ्नुपर्ने अवस्थ रहेको बताए । ‘अहिले कसैको पनि बहुमत आएको छैन, मिलेरै अगाडि बढ्नुपर्छ’ अध्यक्ष नेपालले भने ।
उनले नेकपा एकिृत समाजवादीको कोही कसैँसग एकता गर्ने सम्भावना नरहेको बताउँदै गठबन्धन बलियो बनाउँदै लैजाने पक्षमा रहेको बताए । ‘नेकपा एस गठबन्धनलाई बलियो बनाउँदै संविधान र व्यवस्थाको रक्षाका लागि काम गर्ने पक्षमा छ’ उनले भने । उनले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी लाग्न समेत कार्यकर्तालाई आग्रह गरे । उनले संघ, प्रदेश र स्थानीय तहमा वर्तमान गठबन्धनमा सामेल रहेकाले सरकार, सदन र सडकबाट जनताको सवाल उठाउने गरी लाग्नुपर्नेमा जोड दिए । ‘हामी जहाँ छौं, त्यहिबाट जनताको पिडा र बेदनालाई सरकार, सदन र सडकबाट उठाउनुपर्छ’ उनको आग्रह छ ।
अध्यक्ष नेपालले पछिल्लो समय धरानमा सामाजिक सदभाव विथोल्ने खालको घटना देखिएको बताउँदै एक अर्काकाविच धार्मिक सद्भाव कायम गर्न आग्रह गरे । नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुभाषिक मुलुक भएकाले सबै जातजाती र धर्मसंस्कृतीको संरक्षण गर्नुपर्ने अध्यक्ष नेपालले बताए । उनले नेपाल हिन्दु र बौद्ध धर्मको जननी भएको बताउँदै सनातम धर्म संस्कृतीको संरक्षणमा गम्भिर हुन सबैलाई अपिल गरे । उनले धार्मिक सदभाव नै नेपालीहरुको पहिचान भएको बताउँदै अध्यक्ष नेपालले संयम बन्न सबैलाई अपिल गरे । पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालकाे समेत उपस्थिती रहेकाे थियाे । पत्रकार सम्मेलनकाे समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनाेद परियारले सञ्चालन गरेका थिए ।
नेपाल समाजवादी मोर्चा नेपालले मंगलबार बुटवलमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्न बुटवल आएका हुन
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology