बुटवल । सत्तारूढ दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसंग गठवन्धनकाे ढाेका बन्द रहेकाे बताएका छन । वाम गठवन्धनकाे चर्चा चलिरहेका वेला शनिबार बुटवलमा समाजवादी प्रेस संगठनले गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै असहमती यथावत रहेकाले एमाले संग गठवन्धनकाे कुनै संम्भावना नरहेकाे बताएका हुन ।
उनले स्थानिय तहकाे निर्वाचनले एमालेबाट विद्राेह गर्नुकाे ओैचित्य पुष्टि गरेकाे बताए । अहिले जनताकाे आशा र भराेसा समाजवादी पार्टीमा रहेकाे उनकाे जिकिर थियाे ।
तत्कालिन नेकपाका नेताहरूकाे भेटकाे बारेमा पत्रकारहरूले गरेकाे प्रश्नकाे जवाफ दिदै अध्यक्ष नेपालले नेकपा व्युँउताउने बिषयमा छलफल भएकाे जानकारी दिए । उनले समाजवाद स्वीकार्ने वामपन्थी शक्तीसंग एकता र सहकार्यकाे बिषयमा आफुहरू सधैँ सकारात्मक रहेकाे बताए । गठवन्धनका कारण संविधान गणतन्त्र र लाेकतन्त्रकाे रक्षा भएकाले आगामि निर्वाचन सम्म गठवन्धन कायम रहने दाबी गरे ।
गिरिजा प्रसाद काेइरालाले आफुलाई प्रधानमन्त्री बनाएकाे स्मरण गर्दै राजनितिमा विश्वास ठुलाे कुरा भएकाे बताए । उनले वाम लाेकतान्त्रीक शक्तिकाे एकताबाट देशमा ठुला परिवर्तन भएकाले समाजवादी पार्टी नेपाली काँग्रेसकाे बुई चढ्याे भन्नू वेकार भएकाे बताए ।
अहिलेकाे प्रमुख समस्या भ्रष्टाचार भएकाे उल्लेख गर्दै नेता नेपालले यसका लागि पार्टीभित्र साँस्कृतिक शुद्धीकरण आवश्यक रहेकाे बताए ।
उनले संसारभर युद्धको वादल मडारीइरहेकाे प्रसंग काेट्याउँदै नेपाल कुनै पक्षमा लाग्न नहुनेमा जाेड दिए । नेपालले लिदै आएकाे असंङ्लग्न परराष्ट्र नीति विश्व शान्तिका लागि अपरिहार्य रहेकाे उनकाे भनाई थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology