Logo

२०८३, श्रावण २७गते


images
images

सुनसरी घटना

सुनसरी घटनाप्रति बाबुराम भट्टराईको आग्रह- सबै पक्षले उच्च विवेक र संयम अपनाऔं

सुनसरी घटनाप्रति बाबुराम भट्टराईको आग्रह- सबै पक्षले उच्च विवेक र संयम अपनाऔं

images
  • सुनसरी घटनाप्रति बाबुराम भट्टराईको आग्रह- सबै पक्षले उच्च विवेक र संयम अपनाऔं
    images
    images

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको साम्प्रदायिक हिंसाको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले उक्त घटनालाई अत्यन्त गम्भीर र चिन्ताजनक भएको बताएका छन् ।

    images
    images
    images

    उनले वैज्ञानिक युग, बदलिँदो भूराजनीतिक परिस्थिति तथा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको वर्तमान अवस्थामा यस्ता अवाञ्छित र हानिकारक घटना दोहोरिन नदिन सबै पक्षले उच्च विवेक र संयम अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

    images
    images
    images

    भट्टराईले हालै बनेको नयाँ सरकार, सबै राजनीतिक शक्ति र आम नागरिकलाई सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

    उनले कुनै पनि बहानामा देशलाई अविकास र अस्थिरताको चक्रमा फसाइराख्ने छुट कसैलाई नरहेको उल्लेख गर्दै आगामी दिन अझ चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएका छन् ।

    पूर्वप्रधानमन्त्री भट्टराईले सबै पक्षलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गर्दै इतिहासले गैरजिम्मेवार व्यवहारलाई क्षमा नगर्ने बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।