Logo

२०८३, श्रावण २७गते


images
images

लडाइँ महामारीसंग

कोभिडसंग जुध्न रुपन्देहीका पाँच दलद्वारा  मेडिकल टिम सहितको संयन्त्र गठन

कोभिडसंग जुध्न रुपन्देहीका पाँच दलद्वारा  मेडिकल टिम सहितको संयन्त्र गठन

images
  • कोभिडसंग जुध्न रुपन्देहीका पाँच दलद्वारा  मेडिकल टिम सहितको संयन्त्र गठन
    images
    images

    रुपन्देही । महामारीसंग जुध्न रुपन्देहीका पाँच दलद्वारा  मेडिकल टिम सहितको संयन्त्र गठन गरिएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, क्रान्तिकारी माओवादी र राष्ट्रिय जनमोर्चाले उक्त संयन्त्र बनाएका हुन् ।

    images
    images
    images

    एक अपिल जारी गर्दै पाँच दलले सरकारी पक्षलाई महामारीसंग जुध्न विशेष संयन्त्र बनाउन अनुरोध गरिएको भएपनि त्यसो नगरीएकोले आफूहरूले माहामारीमा जनता बचाँउन राजनिक र मेडिकल संयन्त्र बनाएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    अक्सिजनको समस्या छैन भनेर गफ गर्दा गर्दै रुपन्देहीमा अक्सिजनको कमिले १० जनाको मृत्यु भएको उल्लेख गर्दै अपिलमा अस्पतालमा हुनुपर्ने अक्सिजन जनप्रतिनिधिका घरमा भेटिनु र पहुँचवालाले मात्र खोप लगाउनु दुर्भाग्य भएको बताइएको छ ।

    images
    images
    images

    घर-घरमा अक्सिजन सिलिन्डर बाडेर सरकार पक्षका केही जनप्रतिनिधिहरुले सस्तो लोकप्रियताका लागि काम गरेको उल्लेख गर्दै सो अपिलमा रुपन्देहीमा ६ हजार ५ सय बढी संक्रमितहरु अस्पतालमा बेड अभावका कारण घरमै बस्नु परेको उल्लेख गरिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी माओवादी-केन्द्रका केन्द्रिय  सदस्य बामदेव क्षेत्री, नेपाली काङ्ग्रेसका रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी-माओवादीका केन्द्रिय सदस्य, प्रेम सुवेदी, जनता समाजवादी पार्टी, केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज, देवेन्द्र पान्डे र राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमको नाम समाबेश रहेको उक्त बिज्ञप्तिमा डा. कृष्ण खनालको संयोजकत्वमा १३ सदस्यीय स्वास्थ्यकर्मीको टिम र उल्लेखित दलका नेताहरू सम्मीलित ५ सदस्यीय राजनैतिक संयन्त्र बनाईएको जनाईएको छ ।

    सेतोमसीसंग कुरा गर्दै उक्त दलका नेताहरुले संक्रमित र संक्रमितका परिवारले २४ सैं घण्टा उक्त मेडिकल टिम र राजनैतिक संयन्त्रलाई सम्पर्क गरेर सेवा लिन सक्ने बताएका छन् ।

     स्वास्थ्यकर्मीहरुको टिम:

    • डा. कृष्ण खनाल, संयोजक - 9857042442
    • डा. सन्जिव सुवेदी - 9857035022
    • डा. नेत्र राना - 9851098279
    • डा. नेत्र थापा - 9857027673
    • डा. प्रदीप श्रेष्ठ - 9857073449
    • डा. एलिना खनाल - 9847552819
    • डा. बिशेष रेग्मी - 9840060673
    • खेमराज भुषाल - 9857090244
    • पुस्पराज ढकाल - 9857028128
    • अमृत भुषाल - 9857027165
    • अमिर राइ - 9847020403
    • भागुरथ राना - 984724291
    • लिलाधर दवाडी - 9857042655

    राजनैतिक संयन्त्रमा रहने राजनैतिक दलका नेताहरुको सम्पर्क:

    • नेपाल कम्युनिस्ट पार्टी माओवादी-केन्द्र, केन्द्रिय सदय बामदेव क्षेत्री - 9851187452
    • नेपाली काङ्ग्रेस, रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक - 9847020786
    • नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, केन्द्रिय सदस्य, प्रेम सुवेदी - 9857033026
    • जनता समाजवादी पार्टी, केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज, देवेन्द्र पान्डे - 9857023145
    • राष्ट्रिय जनमोर्चा, नेता बद्रे आलम - 9857020712

    received_525182131850557.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।