Logo

२०८३, श्रावण २७गते


images
images

दसैँमा मासुसँगै फलफूल र तरकारी सहितका फाइबरयुक्त खाना खान सुझाव

दसैँमा मासुसँगै फलफूल र तरकारी सहितका फाइबरयुक्त खाना खान सुझाव

images
  • दसैँमा मासुसँगै फलफूल र तरकारी सहितका फाइबरयुक्त खाना खान सुझाव
    images
    images

    राजेश पराजुली, चितवन । दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उनिहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन् । 

    images
    images
    images

    रातो मासुको प्रयोग भने सकभर नगर्न उनिहरुले बताएका छन् ।कान्तिपुर हेल्थले आयोजना गरेको ‘चाडपर्वको खाना र स्वास्थ्य’ विषयक चिकित्सक पत्रकार अन्तक्र्रिया कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा गुरुशरण साहले रातो मासु प्रयोग नगर्न आग्रह गरे । 

    images
    images
    images

    पोलेको मासुले आन्द्रा, आमाशय, प्रोष्टेटको क्यान्सरको जोखिम बढी हुने डा साहको भनाइ छ । 

    images
    images
    images

    दसैँमा मासु पोल्ने, बार्बेक्यू गर्ने र खाने प्रचलनले गर्दा क्यान्सरको जोखिम बढी भएको उनि बताउँछन् । उनले भने, “मासुलाई उच्च तापक्रममा पोल्दा नराम्रो पदार्थ उत्पन्न हुन्छ, जसले क्यान्सर बनाउन मद्दत गर्छ ।” सबै खालका मासु तीन सय डिग्री फरेनहाइट तापक्रममा पोल्दै गर्दा दुई खालका केमिकल निस्कने उनि बताउँछन् ।

    उनले सेतो मासु, माछा पनि पोलेर नखान सुझाव दिए । भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरिले चाडपर्वमा बढी खाने हुँदा पाचन प्रक्रियामा समस्या आउने, स्मरणशक्ति कम हुने, मधुमेहको समस्या बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्ने बताए । 

    यससँगै तयारी खाना, तारेका खान खाँदा शरीरलाई हानी पुग्ने उनि बताउँछन् । मासु बोसो नभएको सन्तुलित प्रयोग गर्न सुझाव दिँदै उनले भने, “सागपात, सलाद, बोक्रा भएको फलफूल थोरै खाने तर बारम्बार खाने गर्नुपर्छ ।”

    डा. अग्रहरिले भने, “बढी मासु प्रयोग गर्दा मुटुमा हर्मनको गडबड हुन्छ । जसले मुटुको चाल र चाप बढाउँछ ।” धेरै मासु खाएकै कारण दीर्घकालीन रोग बढाउन सक्नेतर्फ उनले सचेत गराए । मधुमेहका बिरामीलाई कोलस्टोर बढ्न सक्ने भएकाले मासु कम खान सुझाव दिए । मासुले मोटोपन, तौल बढाउने बताउँदै उनले भने, “एकै पटक धेरै र अस्वस्थकर खाना खानु निकै हानिकारक हो ।”

    उनले भने, “यो बेला धेरै फाइबर, फलफूल, सागपातको मात्रा बढाउनुपर्छ ।” उनले भने, “चाडपर्वमा थोरै खाने, सन्तुलित खाने र बारम्बार खाने गर्दा पेटलाई पचाउन सजिलो हुन्छ ।” एकै पटक धेरै मासु तयार गरेर फ्रिजमा राखेर लामो समयसम्म खानु हानिकारक भएको भन्दै उनले त्यस्तो मासु खादै नखान सुझाव दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।