Logo

२०८३, श्रावण २७गते


images
images

दसैं मनाउन शहर बस्नेकाे लर्काे गाउँतिर

दसैं मनाउन शहर बस्नेकाे लर्काे गाउँतिर

images
  • सेतोमसी सहकर्मी
  • दसैं मनाउन शहर बस्नेकाे लर्काे गाउँतिर
    images
    images

    कृष्ण अन्जान , बुटवल । दसैँ शुरु भए सङै शहरमा अवसरकाे खाेजिमा बस्नेहरु गाउँ फर्कन शुरु गरेका छन । शहरबाट गाउँमा दसैं मनाउन फर्कनेकाे सँख्या याे वर्ष बढ्ने अनुमान गरिएकाे छ ।



    विगतका वर्षहरुमा काेराेनाका कारणले पनि कम मानिसहरु दसैँमा गाउँ फर्कौपनि याे वर्ष गाउँमै दसैँ मनाउन उत्साहित हुँदै गाउँ फर्कन शहरमा झाेला झाम्टा कँसेकाे देख्न पाईन्छ । काठमाडौं बाट दैनिक   ५० हजार भन्दामाथिकाे सँख्या गाउँ फर्कि रहेका छन  ।


    यसपटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान  महानगरीय ट्राफिक कार्यालय काठमाडौंले गरेकाे छ ।


    अघिल्लो दुई आर्थिक वर्षमा कोरोनालगायत कारणले दसैँका बेला  उपत्यकाबाट बाहिर जानेको संख्या न्यून थियो तर तीन  वर्षअघि काठमाडौँ उपत्यकाबाट दसैँका अवसरमा घर फर्कनेको संख्या २० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ र त्यहि श्रृङखला याे पटक दाेहाेरिने छ ।
    लुम्बिनी प्रदेशकाे पुरानाे राजधानी बुटवल ,नजिककाे नाका बेलहिया तिरबाट गुल्मी ,बागलुङ ,अर्घाखाँचिका गाउँहरु फर्कनेकाे ताँति लागेकाे छ ।
    साना गाडि हप्तौं देखि रिजर्भ छन ठुला बस हरुपनि भरि भराउ हुन थालेका छन ।
    दसैंमा सुरक्षित गन्तव्य सम्म पुर्याउन यातायात व्यवसायीहरु ,प्रहरी प्रशासन र ट्राफिक सबैले समन्वयात्मक भुमिका निर्वाह गरेकाे पाईएकाे छ ।

    ठाउँ ठाउँमा प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेकाे छ भने व्यवस्थित आवागमन प्रती जिम्मेवार बन्दै ट्राफिक प्रहरीले पनि सवारी चेक जाँचमा कडाई गरेकाे छ ।
    गुल्मी जिल्लाकाे प्रवेश द्वार रिडीबजारमा इलाका प्रहरी कार्यालय रिडीकाे पहलमा सहायता कक्ष स्थापना गरिएकाे छ भने यात्रुहरुका गुनासा समेत सुन्ने काम भएकाे छ ।
    साना ठुला गरि सयौँ सवारी साधनहरु यतिबेला रिडीबजार हुँदै गुल्मीको   ,अर्घाखाँचि ,बाग्लुङ क्षेत्रमा दैनिक गुडिरहेको र प्रत्येक सवारी साधन भरिभराउ देखिएका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।