सृजना सेन, प्यूठान । जिल्ला अस्पताल प्यूठानमा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि १ करोड ५० लाख रुपैयाँ बिनियोजन भएको छ ।
सोमवार अर्थ मन्त्रालयले प्यूठानसँगै देशभरका ११ वटा जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नको लागी बजेट बिनियोजन गरेको छ ।
तनहुँको दमौली अस्पतालमा पाइपलाइन बिस्तारका लागि समेत गरि जम्मा १६ करोड ८० लाख रुपैया बजेट बिनियोजन गरिएको हो ।
त्यसैगरि, स्याङ्जा, बैतडी, डोटि, नवलपरासी, अर्घाखाँची, कपिलवस्तु, पाल्पा, बर्दिया दाङ्ग र तेह्रथुममा पनि प्रति जिल्ला १ करोड ५० लाखका दरले जम्मा १६ करोड ८० लाख रुपैयाँ अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले छुट्याएको छ । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology