सन्तोष सुनार, प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ४ ले इलाका प्रहरी कार्यालय भिगृलाई फ्रिज तथा अफिसियल सामग्रीहरू प्रदान गरेको छ ।
शुक्रबार वडा अध्यक्ष सुवर्ण कुमार श्रेष्ठले एक कार्यक्रम बीच फ्रिज, टेबल , कुर्सी, पङ्खा सहित प्रिन्टर र अन्य अफिसियल सामाग्रीहरु हस्तान्तरण गरेका हुन ।
समाग्रीहरु प्रहरी कार्यालमा आवश्यक भएको माग अनुसार वडा कार्यालबाट ७० हजार बजेट छुट्याई सामाग्री हस्तान्तरण गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
“हामीले वडा कार्यालयबाट नचाहिने कार्यहरुमा बजेट विनियोजन गर्दैनौँ, दिर्घकालीन र आवश्यक ठाउँमा बजेट जनभावना अनुसार सदुपयोग तथा खर्च गर्ने गरेको का छौँ ।" वडाअध्यक्ष श्रेष्ठले भने ।
वडाको सहयोगले सेवा प्रवाहमा सहज हुने इलाका प्रहरी कार्यालय भिगृका प्रहरी साहयक निरिक्षक हस्त बहादुर घर्तिले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology