सन्तोाष सुनार, प्यूठान । माध्यमिक शिक्षा परिक्षा (एसईइ) ग्रेडबृद्धिको परिक्षामा प्यूठानबाट ३ हजार २ सय ५९ जना बिद्यार्थीले दिने भएका छन् । माध्यमिक शिक्षा परिक्षा (एसईई) को यस पटकको ग्रेडबृद्धि परिक्षामा जिल्लाभरका ८ वटा परिक्षा केन्द्रबाट ३ हजार २ सय ५९ जना विद्यार्थी सहभागि हुदै गरेको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका सुचना अधिकारी कुमार पुरीले सेतोमसीलाई जानकारी दिए ।
ग्रेडबृद्धि परिक्षा यही साउन २३ गतेबाट सुरु हुदैँ छ ।परिक्षाका लागि जिल्लाभर ८ वटा परिक्षा केन्द्र तय भएका छन् । जसमा मुक्ति माध्यमिक विद्यालय रातामाटा (क) केन्द«मा १३ वटा विद्यालयका ३९६ र (ख) केन्द« बाट ११ विद्यालयका ३५७ जना विद्यार्थीले परिक्षा दिने भएका छन ।
त्यस्तै बाल शिक्षा मा.वि. मच्छिबाट १३ विद्यालयका ५५७ जना, जनात मा.वि बाग्दुलाबाट ९ विद्यालयका ४०१ जना, गंगा मा.वि. बाहनेमा ९ विद्यालयका ३६७ जना (एसईई) कोे ग्रेडबृद्धिको परिक्षामा सहभागी हुदै छन । महेन्द« मा.वि. खलाङ्गाबाट सबै प्राविधिक धार तर्फका ८ विद्यालयका १७५ जना र साधरण तर्फ ७ वटा विद्यायका २३३ जनाले परिक्षा दिने भएका छन ।
यसैगरी कालिका आवासिय मा.वि. टारीबाट ७ वटा विद्यालयका ४०५ जना र पब्लिक बोडिङ स्कूलबाट ११ विद्यालका ३६८ जना बिद्यार्थीले ग्रेडबृद्धिको परिक्षा दिने भएको सुचना अधिकारी पुरीले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले ग्रेडबृद्धि परिक्षाका लागि आवश्यक तयारी भैरहेको बातएका छन ।
गत २०८० सालमा प्यूठान जिल्लाका ७३ वटा सामुदायिक र ७ वटा संस्थागत गरेर जम्मा ८० वटा विद्यालयका ३ हजार ९ सय ५० जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology