Logo

२०८३, श्रावण २७गते


images
images

प्यूठानमा विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

प्यूठानमा विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

images
  • प्यूठानमा विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
    images
    images

    सन्तोष सुनार, प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका वडा नं. ४ तिल्केनीमा वर्षाको कारण विस्थापित ६ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय प्यूठानले अनुगमन गरी राहत सामाग्री  वितरण गरेको छ । मंगलबार तिल्केनीमा वर्षातको कारण घरहरुमा जोखिम रहि विस्थापित भएका परिवारबारे बुझ्न गएको टोलीले राहत सामग्री हस्तान्तरण गरेको हो ।  

    images
    images
    images

    अविरल वर्षापछि डाँडाको माथिल्लो भागबाट खोल्सा हुँदै पानी, माटो, लेदो, ढुँगा, काठ बग्दै बस्तीमा पसेर जोखिम बढाएको प्रजिअ अर्यालले बताए । 

    images
    images
    images

    प्रभावित पविारलाई रेडक्रसको समन्वयमा  बस्न र पकाउनको लागि आवश्यक सामग्री  वितरण गरिएको छ । 

    images
    images
    images

    अनुगमनमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, ऐरावति गाउँपालिकाका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    Pyuthan .jpeg

    विस्थापित  भएका  ६ घर परिवार मध्ये  दुई परिवार छिमेकीको खाली घरमा बस्दै आएका छन्  भने ४ परिवार नजिकको समाज कल्याण प्राथामिक विद्यालयमा बसेका  छन् ।   

    वर्षाको समयमा निकै जोखिम देखिएकोले उक्त स्थान बस्न योग्य ठाउँ हो या होइन भन्ने विषयमा विज्ञसंग छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।