सन्तोष सुनार, प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्य भएको छ । शुक्रबार प्यूठानको झिमरुक गाउँपालिका–३, लामासेरामा रा १ त ५०५३ नम्बरका ट्याक्टर दुर्घटना हुँदा गौमुखी गाउँपालिका–६, लिवाङका १९ वर्षीय बिरेन्द्र बोहोराको ज्यान गएको वडा अध्यक्ष मिन बहादुर खत्रीले सेतोमसी अनलाइनलाई जानकारी दिए ।
बाग्दुला–मच्छी –गौमुखी सडक खण्डको झिमरुक गाउँपालिका–३ स्थित क्रसर र झोलुङ्गे पुलको बिचबाट साझ ६ः२०बजे ट्याक्टर करिब एकसय मिटर तल झिमरुक खोलामा खसेर दुर्घटना भएको वडाअध्यक्ष खत्रीले बताए ।
मृतक बोहोराको शव पोष्टमाटमको लागी जिल्ला अस्पताल विजुवार ल्याइएको प्रहरीले जनाइको छ । ट्याक्टरमा के कति सवार थिए भन्ने बारे अहिले केही खुलेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology