Logo

२०८३, आश्विन ९गते


images
images

मुख्यमन्त्रीको स्टाटस आयो, अक्सिजन आएन; अक्सिजन अभावमा ९ जनाको ज्यान गयो

मुख्यमन्त्रीको स्टाटस आयो, अक्सिजन आएन; अक्सिजन अभावमा ९ जनाको ज्यान गयो

images
  • मुख्यमन्त्रीको स्टाटस आयो, अक्सिजन आएन; अक्सिजन अभावमा ९ जनाको ज्यान गयो
    images
    images

    बुटवल । अक्सिजन आपूर्ति रोकिँदा रुपन्देहीमा ९ जनाले अकाल मै ज्यान गुमाएका छन।  रुपन्देहीका दुई अस्पतालमा उपचारत ९ जना कोरोना संक्रमितको अक्सिजन अभावमा ज्यान गएको  हो ।

    images
    images
    images

    बुधबार बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा ५ जना र भैरहवाको भीम अस्पतालमा उपचाररत ४ जनाको अकालमा मृत्यु भएको हो । समयमा अक्सिजन आपूर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । 

    images
    images
    images

    रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजनको पनि चरम अभाव हुँदै आएको छ। यस्तो माहामारीमा अक्सिजन जस्तो मानवजीवनसंग जोडिएको अत्यावश्यक चिजको अभाब हुनुमा संघीय र प्रदेश सरकार पुर्णरूपले जिम्मेबार हुनु पर्ने हो ।
         
    तर त्यसो हुन सकिरहेको छैन । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता कसरी जोगाउने भन्नेमै चिन्तित देखिन्छन् । आफ्नो र आफ्नो गुटको प्रतिरक्षामा दैनिक सामाजिक संजाल रंगाउनेबाहेक उनले उपलब्धिमुलक अरु केही काम गर्न नसकेको प्रतिपक्षी दलका नेताहरुले आरोप लगाउँदै आएका छन ।

    images
    images
    images

    बुधबार मात्रै पोखरेलले फेसबूकमा प्रदेश बाहेक पोखरा र बिराटनगरबाट समेत अक्सिजन आउन लागेको र लिक्युड समेत आउने भनेर लेखेका थिए तर सांझ सम्म पनि अक्सिजन आएन बरु अक्सिजन अभावमा रुपन्देहीका ९ कोरोना संक्रमितहरुको छट्पटाहटमै प्राण गयो ।

    भाषण, उद्घाटन् , शिलान्यास र उत्सब समारोहमा हजारौ हजार मान्छे जम्मा गरेर नक्कली विकास र राष्ट्रबाद देखाइनु र महामारीमा जनता मारिनुले सरकार र राज्यसंयन्त्रसंग न्यूनतम मानवीय समबेदना समेत नभएको र राज्यका मुखियाहरुले शक्ति र सत्तामै टासीइरहने र राज्यस्रोतको दोहन गर्ने बाहेक केही गर्न नसकेको पुष्टि गर्दछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।