राहुल देव सापको, देवदह । रुपन्देहीको देवदहमा रोटरी क्लब अफ देवदहले शान्तिप्रीय आधारभुत विद्यालयमा निर्माण गरिएको खानेपानी आयोजना उद्घाटन गरिएको छ ।
रोटरी 'डिस्टृक्ट इलेक्ट गभर्नर' राजेन्द्र ध्वजुले एक कार्यक्रम विछ आयोजनाको उद्घाटन गरेका हुन् ।
रोटरी क्लब देवदहको वर्ष २०२१/२०२२ को 'डिस्टृक्ट ग्र्यान्ट्स' अन्तर्गत शान्तिप्रिय आधारभूत विद्यालयमा उक्त आयोजना निर्माण गरिएको हो।
कार्यक्रम रोटरी क्लब अफ देवदहका अध्यक्ष सचिन पङ्गेनीको अध्यक्षता तथा सचिव अर्जुन न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology