काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले कामचलाउ भैसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै विदाई गर्नु पर्ने भन्दै ४ आरोप समेत लगाएर सामाजिक संजाल ट्विटरमा पोष्ट गरेका छन् ।
डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना नियन्त्रण गर्न असफल रहेको, संसद विघटन गरेको, संबैधानिक अंगमा कव्जा जमाएको र खोप तथा औंषधी खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।
त्यसैगरि अर्को एक प्रशंगमा ट्विट गर्दै भट्टराईले जसपाकै महन्त ठाकुर पक्ष संसदमा तटस्थ हुनु भनेको मुलतः ओलीलाई नै समर्थन गरेको हुने भन्दै ठाकुरको आलोचना गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology