अनिष पन्थी, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।
गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले आगामी आर्थिक बर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन।
गाउँपालिका अध्यक्ष खडकाले कृषिलाई महत्त्वका साथ हेरि आलु पकेट कार्यक्रमलाई निरन्तरता दिने र नयाँ आलु पकेट क्षेत्र विस्तार गरि कुषि उत्पादनलाई भण्डारण गर्न सित भण्डार निर्माण गर्ने बताए।
प्रत्येक वडामा कृषि प्राविधिकको अवधारणा अघि सार्ने, कृषि शिक्षा अध्यायन गरेका पालिका भित्रका नागरिकलाई त्यस कार्यक्रममा समावेश गर्ने बताए।
कृषि तथा पशुपन्छीको विमा निशुल्क गर्ने, गाउँपालीकाको वडा नं. ४ र ५ का लागि कृषि सेवा ईकाई बनाउने, एकिकृत कृषि बगैचा निर्माण गरि पर्यटक भित्र्याउने योजना रहेको उल्लेख गरे।
गाउँपालिकामा माटो परिक्षण ल्याव स्थापना, एक घर एक गोठ, दश फलफुलको बोट कार्यक्रम अघि बढाउने, हरेक घरमा आयुर्वेदिक विरुवा लगाउने, जडीबुटीको विरुवाको स्रोत केन्द्र स्थापना गर्ने, कृषि उपजको उत्पानमा जोड दिई बजारीकरणमा सघाउने निती ल्याएको बताए।
आगामी १५ वर्षमा इस्मा गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, रोजगारीमा जोड दिई नगर उन्मूख बनाउने योजना पालिकाले लिएको छ । इस्माका युवा, इस्मामै सेवा अन्र्तगत पालिका भित्रका पुर्वाधार निर्माणमा सहभागि गराउने, स्वास्थ्य विमाको क्षेत्र फराकिलो बनाउने, गाईवस्तुको दाना उत्पादन केन्द्र स्थापना गर्ने उनले बताए ।
सार्वजनिक सम्पतिको संरक्षण तथा सम्बद्धन गर्ने, गाउँपालिकाको चक्रपथलाई कालोपत्रे गर्ने, गाउँपालिका भित्रका महत्वका सम्पदालाई पर्यटकिय रुट निर्माण गर्ने, छल्दी जलाधार क्षेत्रमा तटबन्ध गरि जलाशय निर्माण गर्ने निती तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
पालिका भित्रका कृषकलाई उन्नत विउविजन वितरण गरि प्रोत्साहन अनुदान समेत दिइने छ । घरेलु उत्पादन : जुत्ता, ब्याग उद्योग धन्दा स्थापनाका लागि व्यवसायीलाई सहयोग गर्ने, वन्यजन्तुले क्षती पुराएको बालीमा राहात उपलब्ध गराउने निती छ ।
त्यस्तै अनुगमनको आधारमा साना किसानलाई अनुदानमा कृषि साम्रगी वितरण गर्ने, मौरी घार वितरण गर्ने खड्काले बताउनुभयो । इस्माका महिला, उद्यममा पहिला, सिप सिकौं, उद्यमी बनौ अभियान सञ्चालन गरि महिला उत्थान र रोजगारी सिर्जना गर्ने बताए।
एक वडा, एक उद्योगको अवधारणा लिई उद्योग स्थापनार्थ दर्तामा शुल्क छुट गर्ने, बाँसजन्य उत्पादीत सामूगी बजारीकरण गर्ने, सहकारीको माध्यमबाट सामुदायिक रेडियोको समभ्यावता अध्यायन गर्ने, लघुउद्यम विकासमा सहकारीको प्रयोग गरि अघि बढने निती तथा कार्यक्रममा भनिएको छ ।
गाउँपालिकाको वडा नं. ६ अन्नभण्डारको रुपमा परिचीत चौरासीफाँटमा सिचाँई कुलो व्यवस्थित गर्ने, १ वडा १ पलम्बरको निती ल्याइएको छ ।
माध्यमिक विद्यालयमा कार्यरत विद्यालय सहायकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने, विद्यालयमा स्वंयमसेवक स्टक बैक बनाउने, विपन्न, जेहेन्दार र कुमाल बस्तीका विद्यार्थीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने, विद्यालय नगएकालाई विद्यालय जान उत्प्रेरित गर्ने, अनाथ बालबालिकालाई आवासको व्यवस्था र प्रविधीमैत्री गाउँपालिका बनाउने निती तथा कार्यक्रम सार्वजनिक गरे ।
२०७९ साल लाई सिकाई सुधारको वर्षका रुपमा अगाडी बढाइने भएको छ । गाउँपालिकालाई पूर्ण कोभिड खोप सार्थक रुपमा घोषणा गर्ने, घर घरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, दिर्घरोगीलाई निशुल्क औषधी प्रदान र वडा नं. ६ को बुल्ममा सामुदायिक स्वास्थ्य क्लिनीक बनाउने योजना लिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology