Logo

२०८३, श्रावण २७गते


images
images

एकल पुरुषको साहारा बन्दै इस्मा गाउँपालिका 

एकल पुरुषको साहारा बन्दै इस्मा गाउँपालिका 

images
  • एकल पुरुषको साहारा बन्दै इस्मा गाउँपालिका 
    images
    images

    सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका एकल पुरुषकाे साहारा बन्दै गएको छ । गाउँपालिकाले ५५ बर्ष माथिका करिब ७० जना  एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि एकल पुरुषलाई थप राहत भएको हाे ।

    images
    images
    images

     गाउँपालकाले बार्षिक निति तथा कार्यक्रम बमोजिम ५५ बर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा  भत्ता दिने निर्णय गरेको थियो ।

    images
    images
    images

    गाउँपालिकाले बितरण गर्न थालेको एकल पुरुष भत्ता लिनेमा सबैभन्दा बढि वडा नम्बर १ मा १९ जना छन त्यस्तै वडा नम्बर २ र ४ मा १६/१६ जना छन् त्यस्तै वडा नम्बर ३ मा ४ जना र वडा नम्बर ५ र ६ मा ६/८ जना गरि ६९ जना एकल पुरुषलाइ मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएकाे  इस्मा गाउँपालिका आइएमएस अपरेटर बलराम खनालले जानकारी दिएका छन् । 

    images
    images
    images

    राज्यले एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिइ आर्थिक तथा सामाजिक रुपमा पुनःउत्थान गर्ने निति लिएको भएता पनि एकल पुरुषमाथि निर्मम विभेद गरेको इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले बताइन ।

    उनले भनिन `हामीले वितरण गरेकाे सामाजिक सुरक्षा  भत्ताले एकल पुरुषको जिविकाे पार्जन गर्न न्युनतम भए पनि राहत होस् भन्ने हेतुले यो कार्यक्रम सुरुवात गरिएको छ ` उनले याे कार्यक्रम प्रभावकारी पनि भै रहेको उनको भनाई छ । 

    उनले एकल पुरुषले पाउँने सुरक्षा भत्तालाइ निरन्तरता समेत दिने जानकारी दिएकि छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इस्मा गाँउपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।