Logo

२०८३, श्रावण २७गते


images
images

इस्मामा स्थानीय पाठयक्रम निर्माण सम्बन्धि तयारी बैठक : स्थानीय बिज्ञलाइ प्राथमिक्ता

इस्मामा स्थानीय पाठयक्रम निर्माण सम्बन्धि तयारी बैठक : स्थानीय बिज्ञलाइ प्राथमिक्ता

images
  • इस्मामा स्थानीय पाठयक्रम निर्माण सम्बन्धि तयारी बैठक : स्थानीय बिज्ञलाइ प्राथमिक्ता
    images
    images

     सुमन महतारा गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माण सम्बन्धि प्रथम चरणको बैठक सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाकाे बहुउद्देश्यीय सभाहल दर्लामचाैरमा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

    images
    images
    images

    कार्यक्रममा स्थानिय पाठयक्रम निर्माण गर्दाका बिषय, क्षेत्रहरु र निर्माण गर्दा अपनाउने चरणहरु र आइपर्ने समस्या र समधानका बिषयहरुमा सुझावहरु आएका थिए । २६ जना व्याक्तिहरुले राखेका सुझावहरु अधिकांश स्थानि पाठयक्रम निर्माण र यसको क्षेत्रकाे बिषय रहेको इस्मा गाउँपालिका शिक्षा युवा तथा खेलकुद साखा प्रमुख लाल बहादुर कुवरले बताए ।

    images
    images
    images

    बैठकमा शिक्षा क्षेत्रमा लामो समय बिताएका तथा रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्प प्रमुख दिन पन्थीले स्थानीय पाठयक्रम निर्माणले स्थानीय तहमा रहेका हरेक बिषयमा बिद्यार्थी जानकारी हुने बताए र स्थानीय पाठयक्रम निर्माण राम्रो पक्ष भएको भन्दै इस्मा गाउँपालिकालाइ धन्यवाद ज्ञापन गरे ।

    images
    images
    images

    त्यस्तै बैठकमा इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले इस्माकाे स्थानीय पाठयक्रम निर्माणमा सबै सहभागी भएर धेरै भन्दा धेरै सुझाव सल्लाह राख्न आग्रह गरिन ।

    उक्त बैठकमा कार्यक्रमका सभापति तथा इस्मा गाउँपालिका अध्यक्ष भगत सिङ खण्डकाले पाठयक्रम निर्माण गर्दा स्थानीय तहका बिज्ञलाई प्राथमिक्ता दिएर निर्माण गर्ने साथै छिमेकि स्थानीय तहका बिज्ञ र आवस्यक्ता अनुसार संघ र प्रदेशबाट बिज्ञ मगाएर पठयक्रम निर्माण गर्ने समेत बताएका छन् ।

    उनले पाठयक्रम निर्माणमा इस्मालि नागरिकका अधिकांश सुझाव सल्लाहाह आउने कुराकाे अपेक्षा राखेको बताए ।

    कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धनिस्वर पाैड्याल ,रेसुङ्गा बहुमुखी क्याम्पस प्रमुख हरि बहादुर खत्री ,कृष्णप्रसाद भण्डारी ,राजु कुवर,गाेविन्द गाैतम,भागिराथ भण्डारी ,रामप्रसाद पाण्डे इस्मा गाउँपालिका शिक्षक महासंघ प्रतिनिधि बिद्यालयका प्रधानाध्यापक लगाएतकाे उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।