Logo

२०८३, श्रावण २७गते


images
images

भण्डारीद्वारा इस्माका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

भण्डारीद्वारा इस्माका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

images
  • भण्डारीद्वारा इस्माका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान
    images
    images

    सुमन महतारा, गुल्मी । करिव ३४ बर्ष नेपालको सरकारि सेवामा सेवारत भै हाल सेवा निवृत्त भएका इस्मा गाउँपालिकाका नरहरि भण्डारीले गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । भण्डारीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतकाे टिमलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन । 

    images
    images
    images

    उनले विभिन्न वडामा रहेका स्वास्थ्य संस्थालाई  ओपिडि बेड, बेड साइड स्कृन, बेड साइड ट्रलि र आइभी स्टान्ड,  बिपि सेट, वेट मेसिन, पल्स अक्सिमीटर, डेलिभरी बेडसिट  लगायतका ३५ प्रकारका स्वास्थ्य सामाग्री गाउँपालिकालाई हस्तान्तरण गरेका छन् ।

    images
    images
    images

    "मेरा आफ्ना-बाबाले सामान्य उपचार पनि पाउँन नसकेर मृत्युुवरण गर्नुपर्यो"  कार्यक्रममा स्वास्थ सामाग्री हस्तान्तरण गर्दै भण्डारीले भने, "उहाँहरूको बैकुण्ठबासको कामना गर्दै उहाँहरुकाे सम्झनामा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोछु।  विभिन्न यज्ञ, पुजाआजामा दान दिनुभन्दा गाउँका बस्तीमा सामान्य स्वास्थ्य उपचारको अभावमा अकालमा मृत्यु हुन नपराेस भनेर स्वास्थ्य चाैकिहरुलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दा धर्म हुने उनको भनाइ छ । 

    images
    images
    images

    त्यस्तै कार्यक्रममा बोल्दै  इस्मा गाउँपालिका अध्यक्ष भगत सिङ खण्डकाले अझै पनि आफुहरुसंग प्रयाप्त मात्रामा स्वास्थ्य सम्बन्धि औंजर र उपकरण नभएका उल्लेख गर्दै इस्माली नागरिकले अकालमा मृत्यु हुनुबाट वच्न र बचाउनका लागि सहयोग पुग्ने विभिन्न स्वास्थ सामाग्री उपलब्ध गराएकोमा भण्डारीलाई धन्यवाद ज्ञापन गरे।  प्राप्त सामाग्रीको अधिकतम रुपमा प्रयाेग हुने प्रतिवद्धता व्यक्त गर्दै उनले यस्ता विशुद्ध मानवीय कामहरुकाे इस्माली जनताले सधै सम्झना राख्ने बताए। 

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँर, प्रमुख प्रशासकिय अधिकृत धनिस्वर पाैड्याल ६ वटै वडाका  वडाध्यक्ष,  कार्यपालिका सदस्य  इस्माली समाज काठमाडौंका अध्यक्ष गोकर्ण खरेल लगाएतकाे उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इस्मा गाँउपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।