सुमन महतारा , गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा ग्रामीण टेलिकार्डाेलजी सेवाकाे सुरु भएको छ । इस्मा गाउँपालिकाकाे वडा नम्बर ४ मा रहेको दाेहाेलि स्वास्थ्य चाैकिमा ग्रामिण टेलिकार्डाेलजीकाे सुरु गरेको हाे । गाउँपालिकाका नागरिकको सेवा र उनिहरुकाे स्वास्थ्यकाे अवस्थालाई मध्यानजर गरि इस्मालि नागरिकको मुटु ,फाेक्साे र रक्तनलिमा लाग्ने विभिन्न राेगहरुकाेे प्रारम्भिक अवस्थामै राेगहरु पत्ता लगाउँनका निमित्त ग्रामीण टेलिकार्डाेलजीकाे सुरु गरिएको इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले बताइन ।
उनले गाउँपालिका भित्र स्वास्थ्य संस्थामा आवद्द स्वास्थ्यकर्मी वा यश बिषय संग सम्बन्धित जनशक्तिको व्यावस्थापन पनि भैसकेको जानकारी दिएकि छन् । त्यस्तै कार्यक्रममा उपस्थिति कार्डियाेलजिस्ट डा. सुमन्ता बञ्जाडेले स्थानीय स्तरमा ग्रामीण टेलिकार्डाेलजि अत्यन्तै महत्त्वपूर्ण हुने बताए । उनले कार्यक्रममा यसकाे उदेश्य व्यावस्थापन र रेफरकाे बिषयमा पनि जानकारी गराएका थिए । उनले टेलिकार्डाेलजिबाट बिरामीको स्वास्थ्य अवस्था सञ्चारकाे माध्यामबाट सजिलोसँग जानकारी हुने बताए । स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य संस्थामा विभिन्न उपकरण भएकाले इस्मालि नागरिकले सजिलै सेवा लिने जानकारी दिए ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले दाेहाेलि स्वास्थ्य चाैकिमा मुटु परिक्षण गर्ने इसिजि लगाएतका मेसिन र टेलिकार्डाेलजिका लागि दक्ष जनशक्ति राखि सकेको बताए । गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले गाउँपालिकाभित्र रहेका ४० बर्ष माथिका धेरै नागरिकमा मुटु,फाेक्साे रक्तानलि जस्ता महत्त्वपूर्ण अंगमा समस्या देखिने र उपचारका निमित्त सदरमुकाम तम्घास वा पाल्पा बुटवल जानुपर्ने भएकोले गाउँपालिका भित्रै ग्रामीण टेलियाेर्डियाेलजि बाट इस्मालि नागरिकलाई सेवा दिने हेतुका साथ यसलाई स्थापना गरिएको बताएका छन् ।
छिटो र सजिलो हुने भएकाले इस्मालि नागरिकले सजिलै सेवा लिने उनले बताए । ग्रामीण टेलिकार्डाेलजि भनेको के हाे ? टेलिकार्डाेलोजी एक आधुनिक चिकित्सा अभ्यास हो जसले दूरसंचारको शक्ति प्रयोग गरी हृदय रोगको टाढाको निदान र उपचार प्राप्त गर्दछ। यसमा कोरोनरी हृदय रोग, दुबै क्रोनिक र तीव्र, साथै एरिथमिया, कन्जेस्टिभ कार्डियक फेलियर, र अचानक कार्डियक अरेस्ट समावेश छ। यस अवस्थामा, डाक्टरहरू र अन्य स्वास्थ्य सेवा प्रदायकहरूले इलेक्ट्रोकार्डियोग्राफिक डेटा प्रयोग गर्छन्, जुन टाढाबाट, वास्तविक समयमा, विशेषज्ञ द्वारा व्याख्याको लागि प्रसारित हुन्छ।
यसले विशेषज्ञ हेरचाहलाई दुर्गम स्थानहरूमा मानिसहरूद्वारा पहुँच गर्न सक्षम बनाउँछ। उन्नत प्रविधिले यस उद्देश्यका लागि वायरलेस वा स्याटेलाइट नेटवर्कहरू स्थापना गर्न सजिलो र कम खर्चिलो बनाउँदैछ, जसले गर्दा तिनीहरूको प्रभावकारिता र सहजता बढ्दै गएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology