सुमन महतारा,गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले जिल्ला भित्रका शैक्षिक संस्थामा उच्च शिक्षा अध्यान गर्ने इस्मालि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
गाउँपालिकाले गाउँपालिका भित्रका विद्यार्थी जसले जिल्ला भित्रका क्याम्पसमा अध्ययन गर्छन् उसलाइ गाउँपालिकाले अध्यक्ष छात्रवृत्ति वितरण सम्बन्धि कार्यविधि निर्माण गरेर छात्रवृत्ति उपलब्ध गराउँन लागिएको गाउँपालिका शिक्षा युवा तथा खेलकद शाखा प्रमुख लाल बहादुर कुवरले बताए ।
इस्मा गाउँपालिका अन्तर्गत स्थायी बसाेबास भइ गुल्मी जिल्ला अन्तर्गतका विभिन्न शिक्षण संस्था /क्याम्पसमा उच्च शिक्षा प्राप्त गर्नका लागि अध्ययनरत विद्यार्थीहरुका लागि आफ्नो अध्ययनलाइ पुर्णत दिन आर्थिक रुपमा सहज हाेस भन्ने उदेश्यका साथ वार्षिक नीति तथा कार्यक्रम बमोजिम अध्यक्ष छात्रवृत्ति सम्बन्धि कार्यविधि बनाइ छात्रवृत्ति वितरण कार्यकाे थालनी गरिएको कार्यविधिमा उल्लेख छ ।
गाउँपालिकाले फाल्गुन ११ गते १५ दिनका लागि दरखास्त दिन सुचना प्रकाशन गरेको थियो । तर कम मात्रामा विद्यार्थीले छात्रवृत्ति पाउँ भनि निवेदन दिएका कारण गाउँपालिकाले हिजाे २८ गते देखि दरखास्त दिन थप ७ दिनकाे म्याद थप गरेको छ ।
गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले विद्यार्थीलाई केही राहात हाेस भनी प्रदान गर्न थालिएको छात्रवृत्तिले विद्यार्थीलाई केही मात्रामा सहज हुने बताएकि छन् । उनले याे प्रभावकारि भयो भने यसलाई निरन्तर दिने जानकारी दिएकि छन् ।
पछिल्लो समय उच्च शिक्षाका लागि अध्ययन गर्न विद्यार्थी बाहिर जाने र सामान्य परिवारकाे व्याक्तिले अध्यान गर्नै जिल्लाका शिक्षण संस्थामा आर्थिक अभाव देखिएका कारण हामीले कार्यविधि नै निर्माण गरि छात्रवृत्ति दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भगत सिङ खण्डकाले बताए । उनले `विद्यार्थीले आर्थिक अभावका कारण पढाइ छाड्न नपर्ने भन्दै कार्यविधि नै निर्माण गरि ´'विद्यार्थीलाई सहयोग गर्ने निर्णय गरिएको बताए । गाउँपालिकाले अध्यक्ष छात्रवृत्तिका लागि पाच लाख रुपैयाँ रकम छुट्टयाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology